बुटवल,मंसिर २१ ।
नेपाली कांग्रेसका नेता तथा रुपन्देहीका निवर्तमान सभापति अब्दुल रज्जाकले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
१४ औँ महाधिवेशनमा मुस्लिम तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने उनले नागरिक अनलाइनलाइ बताए । पुर्व खानेपानी राज्यमन्त्री समेत रहेका रज्जाकले रूपन्देहीमा दुइ कार्यकाल सभापति बनिसकेका छन् ।
‘आगामी तीनै तहको निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउन,कांग्रेसमा रुपान्तरण,पुस्ता हस्तान्तरण र पुस्तान्तरणमा सहजीकरण गर्न मैदानमा छु ।’ उनले नागरिक अनलाइनसंग भने ।
संघीय लोकतान्त्रिक गणतन्त्र र सुशासनको अनुभूति दिलाउन , हिमाल,पहाड,तराई–मधेस,पश्चिमदेखि पूर्वका सबै जनताको भावनात्मक रुपमा जोड्न मेराे उम्मेदवारी हाे उनले भने ।
विस २०१५ पौष १८ गते जन्मिएका उनी रुपन्देहीको ओमसतिया वडा न ४ रुपन्देहीमा बस्दै आएका छन् । ४२ वर्ष नेपाली कांग्रेसमा राजनिति गर्दै आएका उनले विएसम्म अध्ययन गरेका छन् ।
हेराैँ उनको राजनीतिक यात्रा :-
उल्लेखित प्रतिबद्धतालाई सार्थक गराउन उमेदवारीको रहेको नागरिक अनलाइसंग बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)