Logo मंगलवार, श्रावण १२ गते २०८३
images

वीर गोर्खालीका अभियान्ताहरुले बुटवलमा गरे जन्मदिनमा रक्तदान,६२ पिन्ट रगत ‍संकलन

वीर गोर्खालीका अभियान्ताहरुले बुटवलमा गरे जन्मदिनमा रक्तदान,६२ पिन्ट रगत ‍संकलन

  • 4.2K
    SHARES

  • वीर गोर्खालीका अभियान्ताहरुले बुटवलमा गरे जन्मदिनमा रक्तदान,६२ पिन्ट रगत ‍संकलन

    बुटवल,मंसिर २० । 

    मानवीय उत्तरदायित्व अन्तर्गत बुटवलमा रक्तदान कार्यक्रम भएको छ । जन्मदिनको अवसरमा वीर गोर्खालीका अभियान्ता रुपन्देहीका युवा मधु गुरुङले रक्तदान कार्यक्रम गरेका हुन् । 

    कार्यक्रममा बोल्दै रगतको अभावले कसैको ज्यान नजावस भन्दै मानव कल्याणका लागि आफ्नो जन्मदिनमा रक्तदान कार्यक्रम गरेको उनले बताए ।

    कार्यक्रमका प्रमुख अतिथि वीर गोर्खाली अभियान्ता बसन्त बिक्रम पान्डेले सामाजिक कार्यक्रमहरुमा युवाहरूलाई सधै सहयोग गर्ने प्रतिबद्धता जनाए ।
    कार्यक्रममा रगतको अभावमा छ्टपटाई रहेका विरामीलाई करौडो रुपैयाँले गर्ने काम एक थोपा रगतले गर्ने वताउँदै त्यसका  गोर्खाली युवा सशक्तीकरण संस्था रुपन्देहीका अध्यक्ष भरत पुरीले समाज रुपान्तरणका लागि सधै आफूहरुले काम गरिरहेको बताए ।

    जन्मदिनमा फजुल खर्च गरेर मनाउने प्रबृत्ति तोड्नलाइ यो कार्यक्रम आयोजना गरिएको वीर गोर्खालीका चिरन भण्डारी क्षेत्रीले बताए ।  कार्यक्रममा सोही वाड न ९ का वडाअध्यक्ष बिष्णु बहादुर थापा लगायत अतिथिहरुको उपस्थिती रहेको सचिब केशब खनालले बताए । 

    समयसमयमा बिभिन्न स्थानमा पुगेर समेत रगत संकलनको काम गरिएको र आइतबारको कार्यक्रमबाट ६२ पिन्ट रगत ‍संकलन भएको संस्थाका भरतजंग क्षेत्रीले नागरिक अनलाइनलाई बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology