Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस प्रदेश १ सभापतिमा उद्धव थापा विजयी,घिमिरेलाई दुई मत पुगेन

कांग्रेस प्रदेश १ सभापतिमा उद्धव थापा विजयी,घिमिरेलाई दुई मत पुगेन

  • 3.8K
    SHARES

  • कांग्रेस प्रदेश १ सभापतिमा उद्धव थापा विजयी,घिमिरेलाई दुई मत पुगेन

    बुटवल,मंसिर २० ।

    नेपाली कांग्रेस प्रदेश -१ सभापतिमा उद्धव थापा विजयी भएका छन् । संस्थापन पक्षका थापाले पौडेल-कोइराला पक्षका गुरुराज घिमिरेलाई दुई मतले हराएका हुन् ।

    सोमबार बिहान सार्वजनिक मतपरीणाम अनुसार थापाले ८ सय ४४ मत पाउँदा घिमिरेले ८ सय ४२ मतमा चित्त बुझाए ।  अन्य पदाधिकारीमा पनि संस्थापन पक्षको वर्चस्व छ ।  

    उपसभापतिमा रमेशजंग रायमाझी ८९० र टंक प्रसाद राई ८४७  मतसहित विजयी भएका छन् । त्यस्तै महामन्त्रीमा भुपेन्द्र राई ८२४ र रमेश थापा ८०३ मत ल्याएर निर्वाचित भएका छन् । सहमहामन्त्री महिलातर्फ प्रमिला गच्छदार ८३७ मत ल्याएर विजयी भएकी छिन् ।

    सहमहामन्त्री खुल्लातर्फ सर्वाधिक मतसहित खड्ग फागो विजयी भएका छ्न् । उनले १ हजार २६ मत प्राप्त गरेका छ्न् । सहमहामन्त्रीमा विनोदकुमार बस्नेत पनि ७ सय ४७ मत प्राप्त गरी विजयी बने ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology