बुटवल,असोज १९ -
नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको छ। गत २४ घण्टामा मात्र २ हजार ४ सय ४० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ को इलाममा १, उदयपुरमा ५, ओखलढुंगामा ३, खोटाङमा ३, झापामा ८, तेह्रथुममा १, धनकुटामा १, मोरङमा ५५, संखुवासभामा १ र सुनसरीमा १ सय २२ जनामा कोरोना छ।
प्रदेश २ को धुनषामा १, पर्सामा ८, बारामा ८, महोत्तरीमा २, रौतहटमा ८४, सप्तरीमा ५, सर्लाहीमा ९ र सिरहामा ६ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार १ सय ७८ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १०, चितवनमा ५२, दोलखामा २, धादिङमा ८, नुवाकोटमा १४, भक्तपुरमा ३९, मकवानपुरमा ३६, चितवनमा १ सय ३, दोलखामा १, धादिङमा १२, नुवाकोटमा १०, भक्तपुरमा १ सय ३, मकवानपुरमा १५, रामेछापमा १२, ललितपुरमा २ सय ५०, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ६, गोरखामा १७, तनहुँमा १०, नवलपरासी पूर्वमा ६६, पर्वतमा ३, लमजुङमा २, बाग्लुङमा १८ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश ५ को अर्घाखाँचीमा १३, कपिलवस्तुमा ८, गुल्मीमा १७, दाङमा ६, नवलपरासीमा ५, पाल्पामा ६, प्युठानमा ५, बर्दियामा ८, बाँकेमा २२ र रुपन्देहीमा ५८ जनामा कोरोना पाइएको छ।
यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, दैलेखमा ३, रुकुम पश्चिममा १, सल्यानमा १, सुर्खेतमा ३० जनामा कोरोना पुष्टि भएको छ।
सुदूरपश्चिमको अछाममा १, कञ्चनपुरमा ६, कैलालीमा ३३, डडेल्धुरामा २, बझाङमा १, बाजुरामा १ र बैतडीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
कुल संक्रमितमध्ये २३ हजार ५ सय ७ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १२ हजार ३ सय १६ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ४ हजार ३३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
एकैदिनमा १९ जना संक्रमितको मृत्यु,थप २४४० जना कोरोना संक्रमण पुष्टि:
नेपालमा एकैदिन १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। एकैदिनमा १९ जना संक्रमितको मृत्यु भएको नेपालमा यो नै पहिलोपटक हो।योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ५४ पुगेको छ। 
पछिल्लो २४ घण्टामा ८ जिल्लाका ५ महिला र १४ पुरुष गरी १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो अवधिमा काठमाडौंमा मात्र ९ जनाको मृत्यु भएको छ। काठमाडौंमा ६ पुरुष र ३ महिला गरी ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। काठमाडौंमा ७६, ८१ र ८३ वर्षीया महिला, २६, ६५, ६७, ७८, ८१ र ९१ जना पुरुषको मृत्यु भएको छ।
सुनसरीमा ५५ वर्षीय पुरुष, पर्सामा ६५ वर्षीया महिला, सर्लाहीमा ४२ र ६९ वर्षीय पुरुष, ललितपुरमा ३, ५५ र ७१ वर्षीय पुरुष, चितवनमा ६२ वर्षीय पुरुष, गोरखामा ४५ वर्षीया महिला र नवलपरासी पूर्वमा ३६ वर्षीय पुरुषको मृत्यु भएको छ । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६२ प्रतिशत छ ।
पछिल्लो २४ घण्टामा देशभर २४४० जना कोरोना संक्रमण पुष्टि भएकाे छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या ८९ हजार २६३ पुगेको छ।
देशभर २३ हजार ५०७ जना सक्रिय संक्रमित छन्। ११ हजार १९१ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा १२ हजार ३१६ जना छन्। आज १३ हजार ७८१ जनाको परीक्षण भएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)