Logo मंगलवार, श्रावण १२ गते २०८३
images

उद्योग व्यापार संगठन रुपन्देहीले खोल्यो सियारीमा सम्पर्क कार्यालय

उद्योग व्यापार संगठन रुपन्देहीले खोल्यो सियारीमा सम्पर्क कार्यालय

  • 2.3K
    SHARES

  • उद्योग व्यापार संगठन रुपन्देहीले खोल्यो सियारीमा सम्पर्क कार्यालय

    भैरहवा, मंसिर १९ ।

    उद्योग व्यापार संगठन, रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्श, रुपन्देही)ले सियारी गाउँपालिकामा सम्पर्क कार्यालय स्थापना गरेको छ । संगठनले सियारी गाउँपालिका वडा नम्बर ७ स्थित अमुवा बजारमा सम्पर्क कार्यालय स्थापना गरेको हो ।

    सम्पर्क कार्यालय स्थापनासंगै उपसमिति समेत गठन गरिएको संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । जीवन ज्ञवालीको अध्यक्षतामा ११ सदस्यीय उपसमिति गठन गरिएको उनले बताए ।

    उपसमितिको उपाध्यक्षमा दिनबन्धु खनाल, सचिवमा सागर क्षेत्री, कोषाध्यक्षमा वेद प्रसाद अर्याल, सदस्यमा तुलसा ज्ञवाली थापा, गिरीराज फूयाल, विष्णु प्रसाद न्यौपाने, महेश प्रसाद खनाल, माया भट्टराई, विष्णु क्षेत्री र राम नारायण केवट रहेका छन् । त्यस्तै सल्लाहकारमा झपेन्द्रराज अर्याल, हुमाकान्ती भुर्तेल, रामदयाल यादव र सुन्दर प्रसाद गुप्ता रहेका छन् ।

    जीवन ज्ञवालीको अध्यक्षता, उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको प्रमुख आतिथ्यता, समाजसेवी झपेन्द्र खनाल, उद्यम महिला कृषि समूहका विष्णु क्षेत्री, भृकुटी सहकारी संस्थाका माया भट्टराई, नारी एकता महिला विकास सहकारीका हुमाकान्ती भुर्तेलको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    संगठनका सचिव टिकाराम भट्टराईको स्वागत, सचिव लक्ष्मण भण्डारीको धन्यवाद ज्ञापन तथा महासचिव सचिन रोक्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा झपेन्द्रराज अर्याल, हुमाकान्ती भुर्तेल, विष्णु क्षेत्री, माया भट्टराई, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका निवर्तमान अध्यक्ष गणेश प्रसाद बेल्बासे, उद्योग व्यापार संगठनका वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठ, उपाध्यक्ष कृष्ण बहादुर गुरुङ, सदस्य राम प्रसाद भण्डारी, राम प्रसाद सापकोटा, सन्तोष शुक्ला लगायतले बोलेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology