बुटवल,मंसिर १९ ।
रूपन्देही समाज अष्ट्रेलियाको अध्यक्षमा मुक्तिराम पोखरेल चयन भएका छन् ।अधिवेशनले पोख्रेलको अध्यक्षतामा वर्ष २०२२–२०२४ को २८ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
जसको वरिष्ठ उपाध्यक्षमा शुशील नेपाल, उपाध्यक्षमा रोशन कोईराला, दिवाकर काफ़्ले, महासचिवमा रंजिता अधिकारी भण्डारी, सचिवमा रवि केसी र कोषाध्यक्षमा विप्लव सापकोटा चयन भए ।
अधिवेशनले भाषा, कला तथा साहित्य विभाग संयोजकमा सूचना पाण्डे, सहसंयोजकमा प्रदीप खनाल, जनसम्पर्क अधिकृतमा सुरज खत्री,परियोजना संयोजकमा राजन खड़का, आईटी कनसलटेन्टमा सरोज पाण्डे, खेलकुद विभाग संयोजकमा सरोज पाठक, सहसंयोजकमा दिल खड़का, महिला विभाग संयोजकमा सिर्जना खडका गैरे, सहसंयोजकमा ग्रीष्मा पाण्डेले जिम्मा पाएका छन् ।
सदस्यहरुमा पदम अधिकारी, मनोज सिलवाल, प्रदीप पन्थी, गायत्री पाठक पौडेल, बासु खरेल, भुवन रेग्मी, कमल अर्याल, नारायण भण्डारी, आनन्द अधिकारी, सपना गरूङ, होम उपाध्याय र आशिष घिमिरे रहेका छन्। यस्तै समाजले सल्लाहकार समिति समेत गठन गरेको छ । जसको सदस्यहरुमा डा। प्रकाश पौडेल, डा। चीज श्रेष्ठ, चुन्ना क्षेत्री, मोहन पाण्डे, विक्रम अभय विश्वकर्मा, कमल भण्डारी, वीना पौडेल रहेका छन् ।
संस्थाका निवर्तमान अध्यक्ष ईश्वर पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङको प्रमुख आतिथ्यता रहेको थियो भने एनआरएनए आइसिसीका उपाध्यक्ष मना केसी, प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका सचिव शिशिर नेपाल, समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार राज खनाल, समाजका पूर्वअध्यक्ष कृष्ण गैरेको विशिष्ट आतिथ्यता रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)