Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेत्रहिन युवा संघ रुपन्देहीद्वाराअपाङ्गता दिवसमा २ दिने कार्यक्रम

नेत्रहिन युवा संघ रुपन्देहीद्वाराअपाङ्गता दिवसमा २ दिने कार्यक्रम

  • 1.9K
    SHARES

  • नेत्रहिन युवा संघ रुपन्देहीद्वाराअपाङ्गता दिवसमा २ दिने कार्यक्रम

    बुटवल,मंसिर १९ । 

    ‘हाम्रो प्राथमिकताको आधार,अपाङ्गता भएका व्यत्तिहरुको अधिकार’ भन्ने नारासहित नेत्रहिन युवा संघ रुपन्देहीले अपाङ्गता दिवसका सन्दर्भमा २ दिने कार्यक्रम सम्पन्न गरेको छ ।

    नेत्रहिन युवा संघ नेपाल , युएसएआइडि र आइएफइएसको सहकार्य , नेत्रहिन युवा संघ रुपन्देहिको सहकार्यमा  कार्यक्रम सम्पन्न भएको हो मंसिर १७ गते सियारी गाउपालिका बिरेन्द्र माबि छपिया र मंसिर १८ गते तिलोतमा नगरपालिका मणिग्राम शान्ती नमुना माध्यमिक बिधालयमा कार्यक्रम भएको हो ।

    बिधालय रहेका वडाका अध्यक्ष हरुलाई प्रमुख वत्ता बनाईएको कार्यक्रममा अपाङ्गता भएका व्यत्तिहरुको राजनैतिक नेतृत्व र सहभागिता बिसयमा अन्तरक्रिया गर्नुका साथै चेस खेलको विषयमा सहजीकरण गरिएको थियो ।

    नेत्रहिन युवा संघ  रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलले दृष्टिविहिनहरुले पढ्ने विद्यालयमा कार्यक्रम गरेर चेतना अभिबृद्दिमा सहयोग पुग्ने विश्वास व्यत्त गर्नुभयो ।

    अपाङ्गता भएका व्यत्तिहरुको निर्वाचनमा पहुँच परियोजनाका फिल्ड अधिकृत अस्मिता क्षेत्रीले विभिन्न कार्यक्रम मध्ये अन्तरक्रिया कार्यक्रम गरिएको बताउनु भयो ।

    विरेन्द्र मावि छपिया र शान्ती नमुना मावि मणिग्राममा गरि करिब  ७० जना विभिन्न अपांगता भएका र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology