बुटवल,मंसिर १९ ।
राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले हराउँदै लिङ्देन विजयी भएका हुन् ।
निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए । यस्तै पराजित थापाले १६१७ मत ल्याए । मतगणनामा ४३१ मत बदर भएको बस्नेतको भनाइ छ।
राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो भने आज रातभर मतगणना भएको थियो ।
यी समाचार पनि पढाैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)