Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘डुप्लेक्स अक्सिजन प्लान्ट’ संचालनमा

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘डुप्लेक्स अक्सिजन प्लान्ट’ संचालनमा

  • 4.5K
    SHARES

  • लुम्बिनी प्रादेशिक अस्पतालमा ‘डुप्लेक्स अक्सिजन प्लान्ट’ संचालनमा

    बुटवल,मंसिर १८ ।

    लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा डुप्लेक्स अक्सिजन प्लान्ट संचालनमा आएको छ । बिश्व बैंकको सहयता तथा युनाइटेड नेशन अफिस फर प्रोजेक्ट सर्भिस युएनओपिएस मार्फत् सो डुप्लेक्स अक्सिजन प्लान्ट निर्माण भएको हो ।

    आज एक समारोहका बिच बिश्व बैंकको कन्ट्रि म्यानेजर फरिस हाडाड जेरर्भस ,युएनओपिएसका कन्ट्रि म्यानेजर कमल कार्की र अस्पतालका अध्यक्ष सुर्यबहादुर भट्टराइले रिबन काटेर अक्सिजन प्लान्टको उद्घाटन गरे ।

    १ सय ४२ सिलिण्डर दैनिक उत्पादन क्षमताको डुप्लेक्स अक्सिजन प्लान्टले प्रतिसिलिन्डर ४६ लिटर अक्सिजन उत्पादन गर्ने युएनओपिएसका कन्ट्रि म्यानेजर कमल कार्कीले जानकारी दिनुभयो ।

    यसमा कम्प्रेसर, ट्रायर, कुल टावर, एयर रिसिभर ट्याङक, अक्सिजन स्टोरेज ट्याङक, सिलिन्डर फिलिङ स्टेशन लगायतका उपकरण राखिएको छ ।duplex plant.jpg

    यो सिस्टम युएनओपिएसको सहयोगमा करिब ३ करोड रुपैयाँको लागतमा सञ्चालनमा ल्याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र ढकालले बताउनुभयो । उहाले अस्पतालको सेवालाई उत्कृष्ट बनाउन र उपलब्ध साधन स्रोतलाइ सहि रुपमा प्रयोग गरेर बिरामीको सेवा गरिने बताउनुभयो ।

    अहिलेको चुनौतीलाई अवसरको रुपमा लिएर चनाखो भई ईमानदारी पूर्वक काम गर्न अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।

    कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गुणस्तर मापन तथा नियमन बिभागका डा मदन उपाध्याय,डा रुद्र मरासीनी,तथा अध्यक्ष भट्टराइले बोल्दै अवसरको सहि सदुपयोग गर्नुपर्ने बताए ।

    यसप्रकारका डुप्लेक्स अक्सिजन प्लान्ट  सातै प्रदेशका प्रादेशीक अस्पतालमा जडान गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology