Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेसकी २४ बर्षिया उम्मेदवार डा.अलविरा भन्छिन्-‘पिछडिएको समुदायको आवाज उठाउँन मैले राजनीति रोजें ’

कांग्रेसकी २४ बर्षिया उम्मेदवार डा.अलविरा भन्छिन्-‘पिछडिएको समुदायको आवाज उठाउँन मैले राजनीति रोजें ’

  • 5.2K
    SHARES

  • कांग्रेसकी २४ बर्षिया उम्मेदवार डा.अलविरा भन्छिन्-‘पिछडिएको समुदायको आवाज उठाउँन मैले राजनीति रोजें ’

    बुटवल,मंसिर १८ ।

    ‘मैले १८ वर्षको  उमेरमा कांग्रेसको क्रियाशिल सदस्यता लिएँ, अहिले २४ वर्षकी भएँ,प्रदेश सदस्यको मैदानमा छु । ’ भैरहवामा जारी नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनमा भेटिएकी डा.अलविरा खानले नागरिक अनलाइनसंग  भनिन् ।

    एमबीबीएस सकेर एमडी गर्न लागेकी अलविरा बल्ल २४ वर्षकी भइन् । उनी नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा मुस्लिम समुदायबाट प्रदेश सदस्यका लागि उम्मेदवार हुन् ।

    कपिलवस्तु-३ को प्रदेश सभा (ख) बाट प्रतिनिधि भएर उनी लुम्बिनी प्रदेश समिति सदस्यमा उम्मेदवार बनेको बताइन् ।संस्थापन इतर समूह (रामचन्द्र पाैडेल समुह,प्रदेशमा अमरिसंह  पुन मगर)को प्यानलबाट प्रदेश सदस्यमा उम्मेदवार बनेकी उनले आफूलाई जिताइदिन उनले सबैलाइ आग्रह गरिन् । उनलाइ परिवारको दरिलाे साथ छ । परिवारका सबै सदस्यसहित उनी प्रचारमा ब्यस्त देखिइन् ।

    उनले मतदाताको मन जितेरै मत मागिरहेकी छन् । कांग्रेसको १३औँ महाधिवेशनबाट क्रियाशिल सदस्यता लिएको उनले बताइन् ।  उनका बाबु अंकित  ३० वर्षदेखि कांग्रसको क्रियाशिल सदस्य हुन्  । पूर्वक्षेत्रीय सभापति रहेका अंकित अहिले महाधिवेशन प्रतिनिधि छन् । albeera khan.jpg

    चिकित्सक रहेकी उनी आफू बिरामीको उपचारमै केन्द्रित हुने र सँगसँगै राजनीतिलाई पनि अगाडि बढाउने उनले बताउँछिन् ।

    बंगालादेश ढाकाबाट एमबिबिएस गरेकी उनी अहिले एमडि गर्ने तयारीमा रहेको उनका काका जमिल खाँनले नागरिक अनलाइनलाइ बताए ।

    मुस्लिम समुदायका नारीहरू बुर्का फाल्न नसकिरहेका बेला उनले भने राजनीतिमा लागेर समाजसेवा गर्ने अठाेट रहेको नागरिक अनलाइनसंग बताइन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology