Logo बिहिवार, आश्विन १ गते २०८३
images

मानव सहायता समुह नेपालद्वारा टिकटकको लाइभको १ लाख १० हजार रकम मिर्गौला पिडितलाई सहयोग

मानव सहायता समुह नेपालद्वारा टिकटकको लाइभको १ लाख १० हजार रकम मिर्गौला पिडितलाई सहयोग

  • 1.8K
    SHARES

  • मानव सहायता समुह नेपालद्वारा टिकटकको लाइभको १ लाख १० हजार रकम मिर्गौला पिडितलाई सहयोग

    बुटवल,म‌ंसिर १७ ।

    मानव सहायता समुह नेपालले टिकटकको लाइभबाट संकलन भएको पैसा मिर्गौला पिडितलाई सहयोग गरेको छ ।

    समुहले सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ७ का मिर्गौला पिडित सन्दिप अधिकारीलाई १ लाख १० हजार रुपैँया आर्थिक सहयोग गरेको समुहका अध्यक्ष टिका प्रसाद तिमल्सिनाले नागरिक अनलाइनलाई जानकारी दिनुभयाे ।

    एक कार्यक्रमका बीच दुवै मिर्गौला पिडित ११ बर्षिय सन्दिप अधिकारीलाई साे आर्थिक रकम हस्तान्तरण गरिएको हो। कार्यक्रममा संस्थाका उपाध्यक्ष सुरेश घले र संस्थाकी कोषाध्यक्ष तुलसा तिमल्सिनाले रकम हस्तान्तरण गर्नुभयो। साे रकम देश तथा  बिदेशमा रहनुभएका आदरणीय सहयोगी दाताबाट संकलन भएको हाे ।

    कार्यक्रम समाजसेबी पुकार रानाको प्रमुख आतित्थ्यता संस्थाका अदक्ष्य टिका प्रसाद तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो भने उक्त कार्यक्रमको ब्वास्थापनको सोहि संस्थाका उपाध्यक्ष सुरेश घलेले गर्नुभएको थियो ।

    मानव सहायता समुह नेपालले देशैभर अप्ठ्याराेमा परेका नागरिकलाई आर्थिक सहयाेग जुटाएर घाउमा मल्हम लगाइरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology