कौरव खत्री/गुल्मी,असोज १९ -
बागलुङ ढोरपाटनका बाढी पहिरो पिडितलाई र बाग्लुङ जिल्ला भित्रका बाढि पहिरो पीडितलाई सिवाइसी नेपालद्वारा ५,लाख ६१ हजार नगद रकम हस्तान्तरण गरिएको छ ।
बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ६,८र ९ का बाढि पीडितहरूलाई सिवाइसी नेपालले २२ जना मृतकका परिवारलाई ६ हजारका दरले पुर्ण रुपमा घर क्षती भएका ५५ जनालाई ५ हजारको दरले राहत रकम वितरण गरिएको हो ।
राहत रकम वितरण कार्यक्रममा सिवाइसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चन्दी प्रसाद शर्मा,सस्थाकी उपाध्यक्ष गण्डकी थापा अधिकारी,संस्थाक सचीव जयराम भारी,सह–सचीव सुवास आचार्य,संस्थाक सदस्य मेषलाल शर्मा,संस्थाका सदस्य हर्क पाण्डे,संस्थाका सदस्य बिष्णु पन्त,संस्थाका लेखा समिति सदस्य हरि प्रसाद पौडेल, सिवाइसी शेयर सदस्य बाबुराम सापकोटा, सिवाइसी नेपाल प्रबन्धक दया थापा, सिवाइसी साकोस प्रबन्धक सम्मर थापा लगायतको उपस्थितमा राहत रकम हस्तान्तरण गरिएको थियो ।
सोही अवसरमा बोल्दै सिवाइसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चन्दी प्रसाद शर्माले सिवाइसी नेपाल सबैको सहयोगी बनेर सयोग गर्ने कुरा बताए । त्यस्तै सिवाइसी बचत तथा ऋण सहकारीले निसिखोला गाउँपालिकामा पनि बाढि पीडित ५ घरपरिवार लाई ६ हजारका दरले राहत रकम वितरण गरिएको थियो ।
त्यस्तै सहकारीले तमानखोला गाउँपालिका र काठेखोला खोला गाउँपालिकामा एक÷एक घरपरिवार लाई ६ हजारका दरले राहत रकम वितरण गरिएको थियो ।
त्यस्तै सिवाइसी सहकारीले गल्कोट नगरपालिकामा १ घरपरिवारलाई बडिगाड गाउपालिकामा २ घरपरिवारलाई जैमुनि नगरपालिकाको ७ घरपरिवारलाई ढोरपाटन नगरपालिका १ अर्नाकोटको १ घरपरिवार लगायतलाइ सिवाइसी सहकारीले बाढि पहिरो पीडित लाई राहत रकम हस्तान्तरण गरेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)