Logo बिहिवार, आश्विन १ गते २०८३
images

अन्तर्राष्ट्रिय अपाङ्ग दिवस  : शान्ति समाजद्वारा शान्ति नमुनाका बिद्यार्थिलाई न्यानो कपडा तथा स्वास्थ्य सामग्री बितरण

अन्तर्राष्ट्रिय अपाङ्ग दिवस  : शान्ति समाजद्वारा शान्ति नमुनाका बिद्यार्थिलाई न्यानो कपडा तथा स्वास्थ्य सामग्री बितरण

  • 3.9K
    SHARES

  • अन्तर्राष्ट्रिय अपाङ्ग दिवस  : शान्ति समाजद्वारा शान्ति नमुनाका बिद्यार्थिलाई न्यानो कपडा तथा स्वास्थ्य सामग्री बितरण

    बुटवल,मंसिर १७ । 

    मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा रुपन्देहीको तिलोत्तमामा रहेको शान्ति नमुना माबिका दृष्टिबिहिन बिद्यार्थिहरुलाई न्यानो पोशाक तथा स्वास्थ्य सामग्री बितरण गरेको छ ।

    सो माबिका अध्ययनरत ३० जना दृष्टिबिहिन बिद्यार्थिहरुकालाई स्विटर, नुहाउने साबुन,ब्रस,टुथ पेस्ट,तेल लगायतका सामग्रीहरु हस्तान्तरण गरिएको हो । समाजले २६ हजार बराबरको सामाग्री बितरण गरेको सचिव कपिल ज्ञवालीले जानकारी दिनुभयो ।

    सो अबसरमा बोल्दै शान्ति समाजका केन्द्रिय सभापति गोविन्द खनालले सरकारी संयन्त्र तथा संरचनाहरु अपांगमैत्री बन्नुपर्नेमा जोड दिनुभयो । उहाले शारिरिक रुपमा असक्त भएकाहरुसंग पनि अद्भुत क्षमता रहनेगरेको भन्दै उनीहरुको संरक्षणमा सरकार चनाखो बन्नुपर्ने सुझाव दिनुभयो । samaj.jpg

    कार्यक्रममा शान्ति नमुना माबिका सहायक प्रधानाध्यापक किशोर खनालले आफ्नो बिद्यालय पूर्ण रुपमा अपांगमैत्री  रहेको र अपांगता तथा दृष्टिबिहिनका लागि आवाशिय होस्टल संचालन गरिरहेको बताउनुभयो । उहाले श्रवण दृष्टिबिहिन र अटिजमका बिद्यार्थीका लागि पनि नमुना काम गरिरहेको जानकारी दिनुभयो ।

    समाजले हरेक दिवसहरुमा समाज रुपान्तरणका लागि बिभिन्न तरिकाले काम गरिरहेको शान्ति समाजका जिल्ला सभापति डिपि खनालले जानकारी दिनुभयो ।

    कार्यक्रममा पूर्व सभापति लालहरी पाण्डेय, शान्ति नमुना माबिका सहायक प्रधानाध्यापक थानेश्वर बस्याल, समाजका रुपन्देही उपसभापति खिमलाल भट्टराइ (कृष्ण) ,शान्ति समाजको सुचना बिभागका तेजेन्द्र केसी, समाजका कार्यसमिति सदस्य अर्जुन कुवर ,दृष्टिबिहिनसमेत रहेका माबिका पूर्व बिद्यार्थी टीकाराम घिमिरे लगायतको सहभागिता रहेको थियो । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology