Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेसको १४औँ महाधिवेशन: प्रचार ब्यानर सार्वजनिक

कांग्रेसको १४औँ महाधिवेशन: प्रचार ब्यानर सार्वजनिक

  • 2.2K
    SHARES

  • कांग्रेसको १४औँ महाधिवेशन: प्रचार ब्यानर सार्वजनिक

    बुटवल,मंसिर १७ ।

    नेपाली कांग्रेसले बिहीबार सातमध्ये ६ प्रदेशमा प्रदेश अधिवेशन उद्घाटनका क्रममा पार्टीको १४औँ महाधिवेशनको प्रचार ब्यानर सार्वजनिक गरेको छ। 

    महाधिवेशनको प्रचार ब्यानर सार्वजनिकसँगै पार्टीको केन्द्रीय प्रचार प्रसार समितिले निर्धारण गरेको महाधिवेशनअघिको एकहप्ते प्रचार अभियान पनि प्रारम्भ भएको समितिले जनाएको छ।

    ब्यानरमा नेपालको नक्साभित्र दुई युवाले नेपालको झण्डा र कांग्रेसको झण्डा बोकेको, चुनाव चिह्न रुख तथा बिपी कोइरालालगायतका अग्रज नेतृत्वको तस्वीर अङ्कित छ। 

    सो प्रचार ब्यानरको छोटो भिडियो भने दुई दिनपछि सार्वजनिक गरिने समितिले जनाएको छ। कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology