Logo शुक्रवार, श्रावण १५ गते २०८३
images

विदेश जाने प्रवृत्तिलाई न्यूनीकरण गर्न शिक्षामा लगानी वृद्धि गराैँ :राष्ट्रपति विद्यादेवी भण्डारी

विदेश जाने प्रवृत्तिलाई न्यूनीकरण गर्न शिक्षामा लगानी वृद्धि गराैँ :राष्ट्रपति विद्यादेवी भण्डारी

  • 1.8K
    SHARES

  • विदेश जाने प्रवृत्तिलाई न्यूनीकरण गर्न शिक्षामा लगानी वृद्धि गराैँ :राष्ट्रपति विद्यादेवी भण्डारी

    बुटवल,मंसिर १६।

    राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो संख्यामा अध्ययनका लागि विदेश जाने प्रवृत्तिलाई न्यूनीकरण गर्न शिक्षामा लगानी वृद्धि गर्नुपर्ने बताएकी छन् । उनले शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड दिइन् ।

    लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी १७ औं वार्षिकोत्सव तथा प्रथम त्रियान प्रज्ञा सम्मेलन एवं केन्द्रीय पुस्तकालय भवन समुद्घाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले हाम्रा शैक्षिक केन्द्रहरु शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो बनिरहेका छन् भन्ने चर्चा हुने गरेको विषयमा सम्बन्धित निकायले गम्भिर ध्यान दिइ त्यसको निराकरण गर्नुपर्ने बताइन् । उनले विश्वविद्यालयले अब्बल जनशक्ति उत्पादनमा मद्दत पुर्याउँदै मुलुकमा रोजगारी वृद्धि गर्दै समृद्ध राष्ट्र निर्माणमा ठोस योगदान गर्नुपर्नेमा जोड दिइन् ।

    राष्ट्रपति भण्डारीले भनिन्, ‘लुम्बिनी बौद्ध विश्वविद्यालयले स्वदेशी, विदेशी विद्यार्थी तथा अनुसन्धानकर्तालाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’ उनले बौद्ध दर्शन आजको युगमा विश्वभरी फैलिरहेको बताइन् ।

    उनले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीका मूर्त र अमूर्त सम्पदाहरु विश्वकै अमूल्य निधि भएकाले यसको संरक्ष्ण गर्न आवश्यक रहेको बताइन् । राष्ट्रपति भण्डारीले लुम्बिनी विकास गुरुयोजनाको कार्यान्वयनको विलम्ब हुनुको कारण पत्ता लगाएर यसको कार्यान्यवन चाँडै हुन सके लुम्बिनी एक उत्कृष्ट अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटकीय स्थल बन्ने बताइन् ।

    विशेष रुपमा कपिलवस्तु, रुपन्देही र नवलपरासी तथा देशैभर फैलिएका बौद्ध र बौद्ध शिक्षासंग सम्बन्धित पुरातात्विक सम्पदाको उत्खनन् तथा संरक्षण गर्नुपर्ने उनको भनाइ थियो ।‘बुद्धका उपदेश÷शिक्षालाई पाठ्यक्रममा समावेश गर्न विश्वविद्यालयहरुलाई सुझाव दिन चाहन्छु, बुद्धकालिन ज्ञान र शिक्षालाई वर्तमान पाठ्यक्रममा जोड्नुपर्छ, ’उनले भनिन् ।

    ‘कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन फेला परेकोले कोरोनाविरुद्धको खोप लगाउन तीव्रता दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु, ’उनले भनिन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गरी शिक्षालाई सीप र संस्कारसँग जोडेर आध्यात्मिक समृद्धि हासिल गर्नतर्फ लाग्नुपर्ने बताए ।

    लुम्बिनी प्रदेशका प्रमुख अमिक शेचरनले सबै मिलेर मुलुकको विकासका लागि अघि बढ्नुपर्ने बताए । पूर्व उपप्रधानमन्त्री, अर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले लुम्बिनी गुरुयोजनाको कार्यान्वयन प्रभावकारी ढंगले हुन सके लुम्बिनी संसारकै लागि आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकासित हुने बताए ।

    विश्वविद्यालय अनुसन्धान आयोगका अध्यक्ष भीम सुवेदीले बौद्ध धर्म, संस्कृति र कलालाई उन्नयन गर्ने काममा विश्वविद्यालयको सक्रियता प्रशंसनीय रहेको बताए । विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले सबैको साथ र सहयोगले विश्वविद्यालयको शैक्षिक विकासले गति लिएको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology