बुटवल,मंसिर १६।
राष्ट्रपति विद्यादेवी भण्डारीले कपिलवस्तुको बाणगंगामा महायज्ञ उद्घाटन गरेकी छन् । बाणगंगा २ नन्दनगरमा भैरहेको २७ औं ज्ञानमहायज्ञको उनले समुद्घाटन गरिन् । उनले नन्दनगर धाम क्षेत्रको अवलाेकन समेत गरिन् ।
राष्ट्रपति भण्डारीले धर्म संस्कृतिको संरक्षणमा राज्यले आवश्यक पहल गर्नुका साथै यसको बिकास र बिस्तारमा पनि सक्दो सहयोग गर्ने बाचा गरिन् । भण्डारीले नेपाल प्राचीन सभ्यतायुक्त मुलुक भएकाले नेपाली मौलिक संस्कृति र सुन्दर प्रकृतिको संरक्षणमा जोड दिएकी छन् । यस्तै चुरे संरक्षणलाई ध्यानमा राख्दै विकासका कामलाई अगाडि बढाउनुपर्नेमा उनको जोड छ ।
विहीबार विहान ज्ञानमहायज्ञ समुद्घाटन गर्न हेलिकप्टरमार्फत् आउनु यज्ञ सम्पादन आयोजक मूल समितिका संयोजक बालारामले बताए ।राष्ट्रपति भण्डारीलाई आफ्नै भूमिमा स्वागत गर्न पाउँदा जिल्लावासी खुसी भएका छन ।
आश्रमका प्रमुख संरक्षक लोकानन्द स्वामीले यस क्षेत्रको विकास गर्न र धार्मिक पर्यटनको प्रवद्र्धन गर्न यस्ता महायज्ञबाट महत्वपूर्ण योगदान पुग्ने बताए ।
मंसिर २२ गतेसम्म हुने महायज्ञमा यसपटक अन्र्तराष्ट्रिय कथाबाचक आचार्य पण्डीत श्री सत्यराज अवस्थी वृन्दावन भारतले कथा बाचन गर्नेछन् । यस्तै हरेक दिन साँझ ६ बजेदेखि ८ बजेसम्म संगीतमय महाआरती हुनेछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)