Logo बिहिवार, आश्विन १ गते २०८३
images

मेटमणि चौधरीको दाबी :‘हामीहरुले विद्रोह नगरेको भए नेपालमा कम्युनिस्ट पार्टी नै नरहने अवस्था थियो ’

मेटमणि चौधरीको दाबी :‘हामीहरुले विद्रोह नगरेको भए नेपालमा कम्युनिस्ट पार्टी नै नरहने अवस्था थियो ’

  • 1.7K
    SHARES

  • मेटमणि चौधरीको दाबी :‘हामीहरुले विद्रोह नगरेको भए नेपालमा कम्युनिस्ट पार्टी नै नरहने अवस्था थियो ’

    कपिलवस्तु,मंसिर १६ ।

    नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी विद्रोहपछि निर्माण भएको पार्टी भएको पार्टीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले दावी गरेका छन् ।

    कपिलवस्तु पार्टीको दोस्रो पूर्ण वैठकमा वोल्दै नेता मेटमणि चौधरीले वाहिर एकीकृत समाजवादी पार्टीको जसरी एमालेवाट फुटेर वनेको पार्टी भन्ने हल्ला र केपी वलीले एमालेवाट चोईटिएको सानो टुक्रा भनेजस्तो नभएर विद्रोह गरेपछि निर्माण पार्टी भएको वताए । पार्टीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष समेत रहेका नेता चौधरीले कम्युनिस्ट आन्दोलन जोगाउनका लागि विद्रोह गरेर पार्टी निर्माण भएको उनको भनाई रहेको छ ।

    माधव नेपाल लगायत हामीहरुले विद्रोह नगरेको भए नेपालमा कम्युनिस्ट पार्टी नै नरहने अवस्था तयार भएको थियो उनले भनेञकेपी वलीले दलाल र पुजीवादीहरुसगँ मिलेर कम्युनिस्ट आन्दोलन समाप्तिको खेलमा लागेका थिए ।

    उनले विद्रोह गरेर निर्माण भएको नेपाल कम्युनिस्ट पार्टी  एकीकृत समाजवादीले नेपालमा भएका सवै कम्युनिस्ट पार्टिहरुका विचमा एकता गरेर ठुलो पार्टी वन्ने आधार तयार भएको वताए । अहिले सुर्य चिन्ह पाएको केपी वली कम्पनीले आगामी निर्वाचनमा के एजेन्डा लिएर चुनावमा जान्छ हेर्न वाँकि रहेको उनको भनाई थियो ।metmadi chaudhari  samajbadi  (2).jpg

    हिजो वहुमत दिनुस हामी ५ वर्ष नमुना सरकार निर्माण गरेर सुखि नेपाली समृद्ध नेपाल वनाउछौ भनेर मत मागेर बहुमत दिएका नेपालीहरुलाई अवपनि भोट दिनुस ३ वर्षमा संसद विघटन गर्छौं भनेर केपी वली कम्पनी निर्वाचनमा जालान त उनी भन्छन्ञ त्यसकारण अब केपी कम्पनीले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ १० सिट पनि जित्न सक्दैनन् ।

    कपिलवस्तु जिल्ला वैठकमा केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र वहादुर खत्री , केन्द्रीय सदस्य मिना परियार केन्द्रीय निर्वाचन आयोगका सदस्य अहमद अब्दुल रउफ,जिल्ला अध्यक्ष लकां वहादुर हमाल लगायत वोलेको पार्टी जिल्ला प्रचार विभाग प्रमुख विकास वन्जाडेले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology