Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रादेशिक अस्पतालमा पनि शुरु भयो ‘विस्तारित अस्पताल सेवा’

लुम्बिनी प्रादेशिक अस्पतालमा पनि शुरु भयो ‘विस्तारित अस्पताल सेवा’

  • 2.9K
    SHARES

  • लुम्बिनी प्रादेशिक अस्पतालमा पनि शुरु भयो ‘विस्तारित अस्पताल सेवा’

    बुटवल,मंसिर १५ ।

    बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘विस्तारित अस्पताल सेवा’ सुरु भएको छ । बिस्तारित अस्पताल सेवाको बुधबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसंख्या तथा परिवास कल्याण मन्त्री ईन्द्रजित थारुले सुरु गुर्नभयो ।

    अस्पतालमा उपलब्ध नभएका सेवाहरु थप गर्दै जाने योजना अनुसार बिस्तारित अस्पताल सेवा सुरु गरिएको हो । अस्पतालको सेवा समयभन्दा बाहिर ९अरु समयमा० आएका बिरामीलाई सेवा प्रदान गरिने छ ।

    सरकारले २०७७ चैतमा बिस्तारित सेवा कार्यविधि बनाएर यो सेवा सुरु गरेको थियो । संगै काठमाण्डौको टिचिङ, बिर, गंगालाल र चितनवमा पनि हालै यो सेवा सुरु भएको छ । पछिल्लो सयम लुम्बिनी प्रादेशिक अस्पतालमा बिस्तारित अस्पताल सेवा सुरु गरिएको हो ।
    उक्त सेवाको शुभारम्भ गर्दै मन्त्री थारुले सरकारले प्रदेशका जनतालाई उपचारको लागि प्रदेश बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्नको लागि अस्पतालमा नभएका सेवा थप गर्न प्रोत्साहन गरिएको बताउनु भयो । उहाँले आर्थिक अवस्था कमजोर भएका बिरामीको उपचारलाई पनि सहज बनाउन सरकार लागि परेको बताउँदै बिरामीको स्वास्थ्योपचारमा चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवा सुविधा पनि एउटा कारण भएकाले त्यसमा पनि छलफल भईरहेको उल्लेख गर्नुभयो ।
    मन्त्री थारुले सरकारले ल्याएका योजना कार्यान्वयनमा जोड दिँदै स्वास्थ्योपचारमा नीजि क्षेत्रमा भन्दा पनि सरकारी अस्पतालमा आकर्षण बढाउने गरि काम गर्न आग्रह गर्नुभयो ।
    त्यस्तै मन्त्रालयका सचिव डा। बिकास देवकोटाले जिल्ला अस्पताललाई प्रादेशिकमा लैजाने तथा लुम्बिनी प्रादेशिक अस्पताल र दाङको अस्पताललाई विशिष्टिकृत अस्पतालको रुपमा बिकास गर्ने सरकारको योजना रहेको बताउनु भयो । सोही अनुसार प्रदेश सरकारले कोभिड बाहेक कुल बजेटको १० प्रतिशत भन्दा बढी स्वास्थ्यमा बजेट विनियोजन भएको जानकारी गराउनु भयो ।
    अस्पतालमा बिरामीको चाप अनुसार पूर्वाधार र जनशक्ति पनि कम भएको बताउँदै अस्पताल बिकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराईले अस्पताले अगाडि सारेका योजनामा साथ र सहयोग गर्न सरकारलाई आग्रह गर्नुभयो ।


    अस्पतालमा मुख स्वास्थ्य सम्बन्धि सिबिसिट सेवा पनि सुरु गरिएको छ । बुधबारदेखि सुरु गरिएको सिबिसिटि सेवा काठमाण्डौको बिर पछि पहिलो भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. ईन्द्र ढकालले बताउनु भयो । मुख स्वास्थ्य सम्बन्धि डेन्टल सिटि लेवलको उक्त सेवा सुरु भएको हो । मेसु ढकालले अस्पतालले प्रदान गर्ने सेवालाई गुणस्तरीय, प्रभावकारी र जनमैत्री बनाउन सुझाव सल्लाह दिन समेत आग्रह गर्नुभयो ।
    प्रदेश सरकारले विशिष्टिकृत सेवाको रुपमा बिकास गर्नेगरी लुम्बिनी प्रादेशिक अस्पताललाई गौरवको योजनाको रुपमा अंगाडी बढाएको छ । अस्पतालमा उपलब्ध नभएका सेवाहरु थप गर्दै जाने उद्देश्य अनुसार ती सेवा थपिएको बताउँदै मेसु ढकालले निकट भविश्यमा क्यान्सर सम्बन्धि उपचार सेवा सुरु गर्ने तयारी भएको जानकारी गराउनु भयो ।
    त्यस्तै अध्ययन अध्यापनका कार्यक्रम सञ्चालन गर्नको लागि आगामी ८ महिना भित्रै जनशक्ति र स्रोत साधन तयार गर्नेगरी कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठानसंग सम्झौता गरिएको जानकारी गराउँदै उहाँले त्यसमा सहजिकरण गरिदिन मन्त्री थारुलाई आग्रह गर्नुभयो । त्यस्तै क्याथल्याव सहितको कार्डियोलोजी सेवा र एमआरई सेवा चालु आर्थिक वर्ष भित्रै सञ्चालन गर्ने तयारी भईरहेको पनि उहाँले जानकारी गराउनु भयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology