बुटवल,मंसिर १५ ।
कपिलवस्तुको बाणगंगा -२ नन्दनगरमा २७ औँ ज्ञानमहायज्ञ भाेलिदेखि शुरु हुँदैछ । यज्ञ अनुष्ठानको राष्ट्रपति विद्यादेवी भण्डारीले विहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको १००८ स्वामी लोकानन्दले नागरिक अनलाइनलार्ई जानकारी दिनुभयो ।
राष्ट्रपति भण्डारीले जिल्लाकै नमुना धार्मिक तथा पर्यटकीयस्थलको रुपमा चिनिएको कैलाश आश्रम तथा मनकामना संस्कृत विद्यापीठ तथा गुरुकुलमको अवलोकन, विश्वविशाल शिव ज्योर्तिलिङको स्थापना र नवनिर्मित कुण्डको उद्घाटन गर्नुहुने छ ।
गुरुकुलमको सहयोगार्थ भोलिबाट महायज्ञ गर्न लागिएको हाे । नन्दनगर बसाईको क्रममा राष्ट्रपति भण्डारीले भक्तसमक्ष छोटो भनाई राखेर विदाई हुने यज्ञ सम्पादन आयोजन मूल समितिका संयोजक बालाराम ज्ञवालीले बताउनुभयो ।
अहिले यज्ञस्थलको सजावट, पंडाल, साउण्ड ब्यवस्थापन, रंगरोगन, प्रचारप्रसार, अतिथिको आमन्त्रण, ध्वजापताका लगायतका कामहरु अन्तिम अवस्थामा पुगेका छन् । मंसिर २२ गतेसम्म हुने महायज्ञमा यसपटक अन्र्तराष्ट्रिय कथाबाचक आचार्य पण्डीत श्री सत्यराज अवस्थी वृन्दावनले कथा बाचन गर्नु हुने छ भने सन्ध्यामा साँझ ६ बजेदेखि ८ बजेसम्म संगीतमय महाआरती हुने छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)