Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लोकतान्त्रीक गणतन्त्रको रक्षा नेपाली काँग्रेसले मात्रै गर्न सक्छ : गृहमन्त्री खाँण

लोकतान्त्रीक गणतन्त्रको रक्षा नेपाली काँग्रेसले मात्रै गर्न सक्छ : गृहमन्त्री खाँण

  • 2.6K
    SHARES

  • लोकतान्त्रीक गणतन्त्रको रक्षा नेपाली काँग्रेसले मात्रै गर्न सक्छ : गृहमन्त्री खाँण

    बुटवल मंसिर १५ ।

    गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस कमजोर हुँदा लोकतन्त्र  र नागरिक अधिकार कमजोर हुने भएकाले अपसी सहमती र एकताबाट पार्टीलाइ मजबुद बनाउनु पर्ने बताउनु भएको छ ।

    नेपाली काँग्रेस रुपन्देहीले मंगलबार साँझभैरहवामा आयोजना गरेको नवनिर्वाचित जिल्ला,क्षेत्र,नगरको नेतृत्व तथा महासमिति, महाधिवेशन र प्रदेश प्रतिनिधि बिच शुभकामना आदानप्रदान कार्यक्रमलाइ सम्बोधन गर्दै गृहमन्त्री खाँणले सो कुरा बताउनु भएको हो ।
    संविधानको कार्यान्वयन, नागरिक अधिकार र लोकतान्त्रीक गणतन्त्रको रक्षा नेपाली काँग्रेसले मात्रै गर्न सक्ने उहाँले बताउनु भयो । आपसी एकतालाइ टुटन नदिइ राष्ट्र र जनताको समृद्धिमा पार्टीलाइ गतिशिल बनाउनु नै बर्तमान नेतृत्वको महत्पूर्ण उपलब्धी भएको बताउनु भयो । 
    गृहमन्त्री खाँणले देश भित्र  र बाहिरका अलोकतान्त्रिक शक्तिहरुले पटक पटक प्रहार गरीरहँदा पनि पार्टीलाइ एकताबद्ध कायम राख्नु नै काँग्रेस नेतृत्वको ठुलो उपलब्धी भएको दावी गर्नु भयो । १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीमा सर्वसम्मत नेतृत्व चयन गरेर देशैभरी सकारात्मक सन्देश र उर्जा प्रवाह गरेको बताउनु भयो । कार्यकर्ता मिल्दा पार्टी बलियो हुने भन्दै उहाँले नेताहरुले त्यसमा सकारात्मक भुमिका खेल्नु पर्ने बताउनु भयो ।

    नेता खाँणले लुम्बिनी प्रदेशमा पनि सर्बसम्मत नेतृत्व चयनकालागि आफुले पहल गरीरहेको र त्यसमा सफल हुने बताउनु भयो । सार्वजनिक लेखा समिति सभापती  तथा काँग्रेस नेता भरत शाहले शिक्षा र स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार भएकाले त्यसलाइ निशूल्क गर्ने तर्फ काँग्रेसले ठोस कदम चाल्नु पर्ने बताउनुभयो ।

    रुपन्देही जिल्ला सहित देशैभरी रहेको सुकुम्बासी समस्या समाधानकालागि तत्काल पहल कदम चाल्न गृहमन्त्री खाँण मार्फत उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो । नेता शाहले लुम्बिनी प्रदेश अध्यक्षमा उम्मेदवारी दिने घोषणा पनि सोही कार्यक्रमा गर्नुभयो ।  

    नवनिर्वाचित जिल्ला सभापति रामकृष्ण खाँणले जिल्लामा सर्वसम्मत नेतृत्व चयनमा भुमिका खेल्ने नेताहरुलाइ धन्यवाद दिदै आफु कुनै प्यानलको नभइ साझा सभापतीको रुपमा काम गरेर देखाउने प्रतिवद्धता जनाउनु भयो ।  कार्यक्रममा संविधान सभा सदस्य राजु खनाल,राष्ट्रिय सभा सदस्य दीर्घनारायण पाण्डे,निर्वमान जिल्ला सभापती अब्दुल रज्जाक, लगायतले शुभकामना दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology