बुटवल,मंसिर १५ ।
उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार दामोदर खनाल पुरस्कृत हुने भएका छन् ।नेपाल पत्रकार महासंघ रुपन्देही र रुपन्देही उद्योग संघद्धारा स्थापित साे पुरस्कारको राशी ४४ हजार रहेको छ ।
महासंघ रुपन्देहीको बुधबार बसेको नियमित बैठकले उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार मूल्यांकन समितिले पत्रकार खनालाई छनौट गरि गरेको निर्णयलाई अनुमोदन गरेको हो ।
मूल्यांकन समितिमा पत्रकार माधव नेपाल संयोजक, रुपन्देही उद्योग संघका निवर्तमान अध्यक्ष बाबुराम बोहोरा र अर्थविज्ञ मनिकर कार्की सदस्य रहेका थिए ।
खनाललाई रुपन्देही उद्योग संघले बुधबार एक कार्यक्रमका विच पुरस्कार प्रदान गर्नेछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)