Logo बिहिवार, आश्विन १ गते २०८३
images

बागलुङ गलकोटको धार्मिक महोत्सवमा २ करोड आर्थिक संकलन

बागलुङ गलकोटको धार्मिक महोत्सवमा २ करोड आर्थिक संकलन

  • 1.6K
    SHARES

  • बागलुङ गलकोटको धार्मिक महोत्सवमा २ करोड आर्थिक संकलन

    कौरव खत्री/ बागलुङ,मंसिर १४ ।

    बागलुङ गलकोट नगरपालिकाको श्री लक्ष्मीनारायण मन्दिरको धार्मिक महोत्सवको नवौ  दिनसम्म जम्मा  २ करोड,१५लाख नगद आर्थिक संकलन भएको  महायज्ञ सम्पादन समितिका सचिव ढगिन्द्र सापकोटाले जानकारी दिनुभयो ।

    गलकोट नगरपालिका ९ रिस्मी छिस दरबारमा गत मंसिर ६ देखि सञ्चालन भएको महायज्ञ आउदो २० गतेसम्म पञ्चकुण्डीय हवनात्मक साङ्ग श्री लक्ष्मीनारायण महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सव सञ्चालन सञ्चालन हुनेछ । 
    धार्मिक महोत्सवमा सँवा करोड बत्ती बाल्ने,सम्पूर्ण धर्म गुरुहरुको उपस्थित तथा  सन्तहरुको कुम्भ मेला एंव भजनकिर्तन,साँगतिक झाँकी सहितका साँस्कृतिक  प्रस्तुतीहरु सञ्चालन भैरहेको  छ ।

    २०२५ सालमा स्थापना भएको श्रीलक्ष्मीनारायण मन्दिरमा महोत्सवबाट  ५ करोड आर्थिक संकलन गर्ने लक्ष्य रहेको महायज्ञ समितिका सचिव सापकोटाले जानकारी दिनुभयो ।

    महोत्सवबाट संकलित रकमले विविध सेवा सहितको दिव्यधाम र लक्ष्मीनारायण मन्दिर जीर्णोद्धार गर्ने  उद्देश्य सहित धार्मिक महोत्सव सञ्चालन भईरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology