Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेकपा मसालमा विभाजन : नेपालीको संयोजकत्वमा ५६ जनाको केन्द्रीय समन्वय समिति गठन

नेकपा मसालमा विभाजन : नेपालीको संयोजकत्वमा ५६ जनाको केन्द्रीय समन्वय समिति गठन

  • 2.7K
    SHARES

  • नेकपा मसालमा विभाजन : नेपालीको संयोजकत्वमा ५६ जनाको केन्द्रीय समन्वय समिति गठन

    बुटवल,मंसिर १४ ।

    नेपाल कम्युनिष्ट पार्टी मसाल फेरि विभाजित भएको छ । पार्टीमा फरक विचार राख्दै आएपछि कारबाहीमा परेका र पार्टीभित्र रहेका असन्तुष्ट नेता–कार्यकताहरुको राष्ट्रिय भेलाले नेकपा मसाल केन्द्रीय समन्वय समिति गठन गरेका हुन् ।

    ३१ जिल्लाका १९१ जना प्रतिनिधि सहभागी राष्ट्रिय भेलाले पुर्वसांसद सन्तबहादुर नेपालीको संयोजकत्वमा ५६ जनाको केन्द्रीय समन्वय समिति र ११ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो ।

    समन्वय समितिको प्रवक्तामा कृष्णराज पौडेल चयन भएका छन् । अन्य नेताहरुको नाम सार्वजनिक नगर्ने नीति रहेको सो समूहले जनाएको छ ।मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा समन्वय समितिका संयोजक नेपालीले नेकपा मसाल दक्षिणपन्थी, अधिनायकवादी र स्वेच्छाचारी भएकोले विद्रोह गर्नुपरेको बतााए ।

    नेतृत्वले सातौं महाधिवेशनपछि पार्टीमा फरक मत राख्नेलाई कारवाही गर्दै पार्टीबाट पाखा लगाउन खोजेको संयोजक नेपालीले गुनासो गरे ।

    समितिले संघीय व्यवस्था खारेज गर्न, एमसीसी सम्झौता खारेज गर्न, भारतद्वारा अतिक्रमित भूभागका सन्दर्भमा उच्चस्तरीय राजनीतिक तहबाट वार्ता गरी सीमा विवाद अन्त्य गर्न, १९५० लगायतका असमान सन्धी खारेज गर्न, कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता गर्नुपर्ने लगायतका माग सरकारसँग गरेको छ।समन्यव समितिमा पार्टी नेताहरु विमल शर्मा,गोविन्द सिंह थापा,जीवन शर्मा,रामबहादुर बुढा,नारायण योगी,शशिधर भण्डारी,गंगाधर शर्मा,दीपक पौडेल लगायतका नेताहरु छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology