Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एमालेको दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न,१९ पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित

एमालेको दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न,१९ पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित

  • 3.3K
    SHARES

  • एमालेको दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न,१९ पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित

    बुटवल,मंसिर १४ ।

    नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । केपी शर्मा ओलीको नेतृत्वमा १९ पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्दै  महाधिवेशन सकिएको हाे ।

    वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध भए । दुई पटक पार्टीको महासचिव निर्वाचित भएका पोखरेल वरिष्ठ उपाध्यक्षमा भने निर्विरोध भएका हुन् । त्यस्तै महासचिव शंकर पोखरेल निर्विरोध निर्वाचित भए ।

    ६ उपाध्यक्षका लागि भएको निर्वाचनमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै मत पाएकी छन् । खसेको २०९६ मतमध्ये उनले १९७६ मत पाएकी छन् ।

    त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत पाए । अध्यक्ष केपी शर्मा ओलीको सूचीमा नपरेका घनश्याम भुसालले ७२५ मत पाएका छन् ।

    उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै ७ सचिवका लागि ९ जना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा योेगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, टोपबहादुर रायमाझी, छबिलाल विश्वकर्मा, लेखराज भट्ट र रघुवीर महासेठ निर्वाचित भएका छन् ।cpuml team.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology