Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेस बर्दियाको सभापतिमा संस्थापन समूहका राठौर विजयी

कांग्रेस बर्दियाको सभापतिमा संस्थापन समूहका राठौर विजयी

  • 2.3K
    SHARES

  • कांग्रेस बर्दियाको सभापतिमा संस्थापन समूहका राठौर विजयी

    बुटवल,मंसिर १४ ।

    नेपाली कांग्रेस बर्दियाको सभापतिमा अरुणप्रकाश सिंह राठौर विजयी भएका छन् । मंगलबार बिहान सार्वजनिक अन्तिम मतपरिणाममा राठौरले भुवनेश्वर चौधरीलाई पराजित गरेका हुन् ।

    निर्वाचन समितिका अनुसार जिल्ला अधिवेशनमा एक हजार ५७८ मत खसेकामा सभापतिमा विजयी राठौरले ८८० मत प्राप्त गरेका हुन् । उनी संस्थापन समूहबाट उम्मेदवार बनेका थिए ।

    उनका प्रतिस्पर्धी चौधरीले ६७८ मत पाएका हुन् । चौधरी संस्थापनइतर समूहका उम्मेदवार हुन् । उनी लुम्बिनी प्रदेश सभाका सांसद पनि हुन् ।

    पदाधिकारीसहित कार्यसमितिमा राठौर प्यानल विजयी भएको समितिले जनाएको छ । उपसभापतिमा सोदे विष्ट र गोविन्दप्रसाद थारू, सचिवमा मिनराज चौधरी र जग्गाप्रसाद पाण्डे निर्वाचित भएका छन् भने दुई सहसचिवमा तिलकराम लम्साल र मेकबहादुर गुरुङ विजयी भएका छन् ।

    जिल्ला अधिवेशनको परिणामले दुई कार्यकाल जिल्ला सभापति रहेका संस्थापनइतर समूहका नेता सञ्जय गौतम कमजोर देखिएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology