Logo बिहिवार, आश्विन १ गते २०८३
images

लियो क्लव अफ बुटवल खस्यौली युथले बाँड्यो गुल्मी इस्माको जनता प्राबिमा न्यानो कपडा

लियो क्लव अफ बुटवल खस्यौली युथले बाँड्यो गुल्मी इस्माको जनता प्राबिमा न्यानो कपडा

  • 1.6K
    SHARES

  • लियो क्लव अफ बुटवल खस्यौली युथले बाँड्यो गुल्मी इस्माको जनता प्राबिमा न्यानो कपडा

    बुटवल,मंसिर १३ ।

    लियो क्लव अफ बुटवल खस्यौली युथको आयोजनामा गुल्मी इस्मामा रहेको जनता प्राबिमा न्यानो कपडा बितरण भएको छ । क्लवका अध्यक्ष दिपक खरेलको अध्यक्षतामा भएको कार्यक्रममा सो बिद्यालयमा अध्ययनरत गरीब जेहेन्दार बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको हो । 

    मौसम चिसिदै जाँदा गरिब परिवारका बिद्यार्थीहरुले सधै जाडोमा थप समस्यामा पर्ने भएकाले उनीहरुको पठनपाठन र दैनिक जीवनमा सहयोग पुगोस् भनेर बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको अध्यक्ष दिपक खरेलले नागरिक अनलाइनलाई जानकारी दिए । 

    सो अवसरमा बोल्दै प्रमुख अतिथि इस्मा गाऊँपालिका उपाध्यक्ष बिमला खत्रीले क्लवलाई धन्यबाद दिए । सो अबसरमा ईस्मा गाऊँपालिका वार्ड नम्बर २ का अध्यक्ष टिका बहादुर रेश्मी , लियो डिस्ट्रिक्ट्स ३२५ डिस्ट्रिक्ट इस्ट्राटेजिक चिफ सन्तोष खरेल, दीपेन्द्र भट्टराइ , प्रथम उपाध्यक्ष रोशन रायमाझी लगायतले बोलेका थिए  ।

    भीम फ़ाउंडेशन जापानको सहयोगमा ५३ जना बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको क्लवले जनाएको छ । कार्यक्रमका लागि बुटवलबाट क्लवको टाेली गुल्मी इश्मा पुगेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology