Logo मंगलवार, श्रावण १२ गते २०८३
images

विश्वविद्यालय स्थापना दिवसको अवसरमा बुटवलमा रक्तदान,५६ युनिट रगत संकलन

विश्वविद्यालय स्थापना दिवसको अवसरमा बुटवलमा रक्तदान,५६ युनिट रगत संकलन

  • 2.1K
    SHARES

  • विश्वविद्यालय स्थापना दिवसको अवसरमा बुटवलमा रक्तदान,५६ युनिट रगत संकलन

    बुटवल, मंसिर १३ ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयले १७ औँ विश्वविद्यालय दिवसको अवसरमा सोमबार रक्तदान गरेको छ ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना तथा नेपाल नियमित रक्तदाता संघको सहकार्यमा बुटवल सिटि कलेजमा सोमबार रक्तदान कार्यक्रमको विश्वविद्यालयका उपकुलपति प्रा डा हृदयरत्न बज्राचार्यले रक्तदातालाई ब्लड ब्याग वितरण गरि उद्घाटन गरे । 

    कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार डा तिलकराम आचार्य, नेपाल नियमित रक्तदाता संघका प्रमुख सल्लाहकार बिमल बहादुर शाक्य, नेपाल नियमित रक्तदाता संघका कार्यबाहक अध्यक्ष लेखराज भण्डारी, सिटि कलेजका संयोजक बल बहादुर पाण्डे, विश्वविद्यालयका अधिकृत चुरामणि पोखरेल लगायतले बोल्दै रक्तदान सम्बन्धि भ्रमहरुलाई चिर्न जरुरी रहेको बताए।

    नेपालमा सबैभन्दा बढि रक्तदान गर्ने रक्तदाता प्रेम सागर कर्माचार्यको अनुभवबाट रक्तदानबाट कुनै नकारात्मक असर गर्दैन भन्ने प्रमाणित हुने भन्दै उर्जा प्राप्त हुने बताए।

    रुपन्देहीको रक्तसंचार केन्द्रमा प्रत्येक वर्ष साढे २७ हजार युनिट रगत संकलन भएर वितरण हुँदै आएको छ नेपालमा ३ लाख युनिट रगत संकलन भएर विवरण हुने गरेको छ।

    नेपाल नियमित रक्तदाता संघका कार्यबाहक अध्यक्ष लेखराज भण्डारी प्रत्येक महिनाको तेस्रो शनिबार रक्तदान अभियान चलाउन शुरु गरेको बताए। बिरामीका आफन्तहरु रगत लिन जादा शोधभर्ना गर्नुपर्ने बाध्यता आईपरेको भन्दै यसलाई अन्त्य गर्न न्युनतम ३ हजार युनिट रगत ल्याउन सके यो समस्या समाधान हुने देखिएको उनले बताए।

    कार्यक्रममा पन्ध्रपार्टी टोल विकास संस्थाका अध्यक्ष कमल प्रसाद अधिकारी संरक्षण गरिएको जग्गामा विश्वविद्यालय स्थापना गरि शिक्षाको ज्योति जगाउने काम भएको बताए। कार्यक्रम संयोजक मोहनलाल भण्डारीले ५६ युनिट रगत संकलन भएको बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology