Logo बिहिवार, आश्विन १ गते २०८३
images

१२७१ मतसहित कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी निर्वाचित

१२७१ मतसहित कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी निर्वाचित

  • 2.4K
    SHARES

  • १२७१ मतसहित कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी निर्वाचित

    बुटवल,म‌ंसिर १३ ।

    नेपाली कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी निर्वाचित भएका छन् । उनले एक हजार २७१ मत ल्याए। उनका प्रतिस्पर्धी बेदबहादुर थापा मगरले ३८४ मत ल्याएर पराजित भएका छन् ।

    पन्थी निर्वतमान जिल्ला कार्य समिति सचिव थिए भने थापा महाधिवेशन प्रतिनिधि हुन् । शनिबार र आइतबार सभापतिसहित जिल्ला कार्यसमितिका लागि मतदान भएको थियो । सभापतिमा निर्वाचित पन्थी रामचन्द्र पक्षका हुन् भने पराजित हुने थापा देउवा पक्ष हुन ।

    जिल्ला कार्य समितिका अरु पदमा पनि निर्वाचन भएको थियो । त्यस्तै दुई जना जिल्ला उपसभापतिका लागि तीन जनाबीच प्रतिस्पर्धा भएको थियो ।

    जसमा अनन्तराम पौडेलले एक हजार १८७ र शिवबहादुर खत्रीले एक हजार ३३ मत ल्याएर निर्वाचित भएका छन् । त्यस्तै दुई जना जिल्ला सचिव पदका लागि पाँच जनाबीच प्रतिस्पर्धा भएको थियो ।

    जसअनुसार जगदिस भट्टराईले ९९१ र भगतसिंह खड्काले एक हजार २२ मत ल्याएर निर्वाचित भएका छन् । त्यस्तै दुई जना जिल्ला सह(सचिव पदका लागि चार जनाबीच प्रतिस्पर्धा भएको थियो ।

    जस अनुसार जसअनुसार छविलाल पाण्डेले एक हजार १३३ मत र धर्मराज पाण्डेले ८५० मत ल्याएर निर्वाचित भएका छन् । महाधिबेशनका लागि एक हजार ७६१ जना प्रतिनिधि रहेका थिए ।

    त्यसमध्ये एक हजार ६९३ मत खसेको थियो । मतदानकै क्रममा शनिबार जिल्ला सदरमुकाम तम्घासमा मुसिकोट नगरपालिकामा केहिबेर मतदान चलिरहेका बेला मतपत्रका संकेत गरिएको भन्दै केही बेर मतदान नै स्थगित गरिएको थियो ।

    सहमति पश्चात रोकिएको मतदान आइतबार मतदान पुनः गरिएको थियो । आइतबार रातिबाटै मतगणना गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology