Logo बिहिवार, आश्विन १ गते २०८३
images

एमाले अध्यक्षमा भीम रावलले दर्ता गरे उम्मेदवारी,ओलीसंग भिड्ने

एमाले अध्यक्षमा भीम रावलले दर्ता गरे उम्मेदवारी,ओलीसंग भिड्ने

  • 2.1K
    SHARES

  • एमाले अध्यक्षमा भीम रावलले दर्ता गरे उम्मेदवारी,ओलीसंग भिड्ने

    बुटवल,म‌सिर १३ ।

    नेकपा (एमाले)को अध्यक्षका लागि उपाध्यक्ष रहेका भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन प्रकिया सुरु भएलगत्तै रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

    नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच निर्वाचन हुने नै भएको हाे ।

    सौराहामा जारी दशौं महाधिवेशनको बन्दसत्र रोकेर दिनभर नेताहरूसँग छलफल गरेका ओलीले रावललाई उपाध्यक्ष बस्न आग्रह गरेका थिए । मध्यरातमा शुरू भएको बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका ओलीले अध्यक्ष मण्डलमा १९ जना पदाधिकारीबारे छलफल गरेका थिए । उनले अध्यक्ष मण्डलमै रहेका रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव समेत गरेका थिए । तर रावलले उनको प्रस्तावलाई अस्वीकार गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology