Logo बिहिवार, आश्विन १ गते २०८३
images

केहिपदमा सहमति नजुटेपछि एमालेको निर्वाचन कार्यतालिका सार्वजनिक

केहिपदमा सहमति नजुटेपछि एमालेको निर्वाचन कार्यतालिका सार्वजनिक

  • 2.4K
    SHARES

  • केहिपदमा सहमति नजुटेपछि एमालेको निर्वाचन कार्यतालिका सार्वजनिक

    बुटवल,म‌ंसिर १२ ।

    नेकपा एमालेको निर्वाचन कार्यतालिका सार्वजनिक भएको  छ । सहमति नभएका केहि पदमा भोलि मतदान हुने  छ । महाधिवेशनको तेस्रो दिन निर्वाचन प्रक्रियालाई पूर्णता दिन मतदाता नामावली प्रकाशन गरिएको हाे  ।

    दशौं राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित र मनोनित प्रतिनिधिहरुको नाम मतदाताका रुपमा प्रकाशन गरेर बन्दसत्र भएको स्थलमा टाँस गर्न लागिएको एमालेको निर्वाचन आयोगले जनाएको छ ।

    एमालेका महाधिवेशन प्रतिनिधि नै मतदाता हुन् । सर्वसम्मत रुपमा नाम प्रस्ताव गरिएका व्यक्तिले असहमति जनाएर चुनावी प्रतिस्पर्धा गर्न चाहेमा ती पदमा मतदान गर्नेगरि मतदाता नामावली प्रकाशन गरिएको हो ।

    राति ११ बजे मतदाता नामावली प्रकाशन गरेर साढे ११ बजेसम्म उम्मेदवारको दरखास्त फारम वितरण गर्ने र राति १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम तय भएको छ ।

    एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले आइतवार राति ११ बजेदेखि दशौं महाधिवेशनको निर्वाचन कार्यक्रम प्रारम्भ भएको बताए ।FB_IMG_1638122154720.jpg

    सर्वसम्मति नभएको अवस्थामा मतदानको समय भने सोमवार विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म तोकिएको छ ।

    नेकपा एमालेको दशौं महाधिवेशन: नामावली बाचन अघि अध्यक्ष मण्डलको बैठक जारी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल !

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology