Logo बिहिवार, आश्विन १ गते २०८३
images

खुद्रा किराना व्यवसायी संघद्वारा लुम्बिनी प्रादेशिक अस्पताललाई ह्वील चियर हस्तान्तरण

खुद्रा किराना व्यवसायी संघद्वारा लुम्बिनी प्रादेशिक अस्पताललाई ह्वील चियर हस्तान्तरण

  • 2.8K
    SHARES

  • खुद्रा किराना व्यवसायी संघद्वारा लुम्बिनी प्रादेशिक अस्पताललाई ह्वील चियर हस्तान्तरण

    बुटवल,म‌ंसिर १२ ।

    खुद्रा किराना व्यवसायी संघ रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पताललाई ह्वील चियर प्रदान गरेको छ।

    खुद्रा किराना व्यवसायी संघ रुपन्देहीले आफ्नो १५ औं स्थापना दिवसको अवसरमा अस्पतालको प्रसुती कक्षका लागि ह्वील चियर उपलब्ध गराएको हो।

    प्रसुती कक्षमा ह्वील चियरको कमिले स्वास्थ्य सेवा प्रभावित नहोस भन्ने उद्वेश्यले ह्वील चेयर उपलब्ध गराइएको संघका अध्यक्ष ज्ञानप्रसाद न्यौपानेले बताए। आइतबार अस्पताल परिसरमा एक कार्यक्रमको आयोजना गरी संघका अध्यक्ष, पदाधिकारी, सदस्यहरु, पूर्व अध्यक्ष र सल्लाहाकारहरुको सहभागितामा अस्पतालका मेडिकलसुपरिटेण्डन डाक्टर इन्द्र ढकाललाई दुइ थान ह्वील चेयर प्रदान गरिएको हो।

    सोही कार्यक्रममा बोल्दै संघका पूर्व महासचिव तथा सल्लाहाकार कृष्ण पाण्डेले मानिसको स्वास्थ्यप्रति जिम्मेवार बन्नु सबैको नैतिक दायित्व भएकाले किराना व्यवसायीले अस्पताललाई ह्वील चेयर सहयोग गरिएकोे बताए।

    सल्लाहाकार पाण्डेले संघको तर्फबाट अस्पतालका लागि सानो ठूलो सहयोग प्रत्येक वर्ष गरिने प्रतिवद्वता जनाए। त्यस अवसरमा बोल्दै मेडिकल सुपरिडेण्डन डाक्टर इन्द्र ढकालले स्वास्थ्य सेवालाई जनमुखि बनाउन नागरिक समाज, संघसस्थाहरुको पनि सहयोग चाहिने बताए।

    उनले स्वास्थ्य सेवालाई जनमुखि र छिटो छरितो बनाउन अस्पताल प्रतिवद्व भएपनि कहिलेकांही कमजोरी देखिए खवरदारी गर्न आग्रह गरे। खुद्रा किराना व्यवसायी संघ रुपन्देहीका अध्यक्ष ज्ञानप्रसाद न्यौपानेको अध्यक्षता र महासचिव गोपालकुमार प्रधानको सञ्चालनमा कार्यक्रम भएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology