Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेकपा एमालेको दशौं महाधिवेशन: नामावली बाचन अघि अध्यक्ष मण्डलको बैठक जारी

नेकपा एमालेको दशौं महाधिवेशन: नामावली बाचन अघि अध्यक्ष मण्डलको बैठक जारी

  • 1.8K
    SHARES

  • नेकपा एमालेको दशौं महाधिवेशन: नामावली बाचन अघि अध्यक्ष मण्डलको बैठक जारी

    बुटवल,म‌ंसिर १२ ।

    चितवनको सौराहमा जारी नेकपा एमालेको दशौं महाधिवेशनमा अध्यक्ष मण्डलको बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलमा पुगेपछि बैठक सुरु भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

    कमिटीको नाम प्रस्ताव गर्ने सर्वाधिकार पाएका ओलीले बन्दसत्र रोकेर दिनभर नेताहरुसँग छलफल गरेका थिए । नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यहरुको सूची तयार पारेका थिए ।

    तर पदाधिकारीमा सहमति जुट्न सकेन । ओलीले अध्यक्षका दावेदार भीम रावल तथा वरिष्ठ उपाध्यक्षका दावेदारद्धय ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङसँग छलफल गर्न चाहेका थिए । अध्यक्ष मण्डलमा तीनै जना नेता छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology