Logo बुधवार, श्रावण १३ गते २०८३
images

एमाले महाधिवेशन : केपी ओली अन्ततः सहमतिबाटै नयाँ नेतृत्व चयन गर्ने निष्कर्षमा

एमाले महाधिवेशन : केपी ओली अन्ततः सहमतिबाटै नयाँ नेतृत्व चयन गर्ने निष्कर्षमा

  • 2.8K
    SHARES

  • एमाले महाधिवेशन : केपी ओली अन्ततः सहमतिबाटै नयाँ नेतृत्व चयन गर्ने निष्कर्षमा

    बुटवल,म‌ंसिर १२ ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको दशौं महाधिवेशन अन्तर्गत आयोजित बन्दसत्रमा सहभागी हुने क्रममा हलभित्र प्रवेश गरेका छन् । पार्क सफारी रिसोर्टबाट बन्दसत्र स्थलतर्फ प्रवेश गर्ने क्रममा ओलीका समर्थकहरुले उनको पक्षमा नाराबाजी गरेका छन् ।

    ओलीका समर्थकहरुले ‘आज होइन भोलिलाई, दश वर्ष ओलीलाई’ नारा लगाएका छन् । आइतबार दिनभरको प्रयासपछि ओली अन्ततः सहमतिबाटै नयाँ नेतृत्व चयन गर्ने निष्कर्षका साथ केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची बोकेर बन्दसत्र आयोजना गरिएको हलभित्र प्रवेश गरेका हुन् । 

    उनले दिनभर पार्टीका विभिन्न नेताहरुसँग छलफल गरेर नयाँ नेतृत्वका लागि सूची तयार पारेका हुन् । बन्दसत्रमा सोही सूची पेस गर्ने जनाइएको छ । बन्दसत्रले अनुमोदन गरेपछि दशौं महाधिवेशनबाट निर्वाचित कमिटीको घोषणा गरिने जनाइएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology