दाङ,मंसिर १२ ।
नेपाली काँग्रेस दाङको सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित भएका छन् । आइतबार डाँगी सभापतिमा निर्वाचित भएका हुन् । डाँगी रामचन्द्र पौडेल पक्षका मानिन्छन् । दाङमा सभापति पदका ४ उमेदवार रहेका थिए ।
शनिबार भएको मतदानबाट कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि धेरै मत ल्याउने २ जनामा आइतबार मतदान हुने कार्यक्रम तय भएको थियो । तर शंकरलाई समर्थन गरेका भुपबहादुर डाँगीले उम्मेदवारी फिर्ता लिएपछि उनी सभापतिमा निर्वाचित भएका हुन् ।
हिजो भएको मतदानमा सभापतिका उम्मेदवारहरु शंकरप्रसाद डाँगीले ७७६, भुपबहादुर डाँगीले ५४६, जानकीलाल बस्नेतले ४७१ र कमलकिशोर घिमिरेले ३१५ मत प्राप्त गरेका थिए ।
बिजेता डाँगी केन्द्रमा पौडेल निकट भएपनि जिल्लामा भने दिपक गिरी निकट रहेका छन् । गिरी शशांक कोइराला निकट हुन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)