बुटवल,मंसिर ११ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत पश्चिम नवलपरासीमा जिल्ला सभापतिमा अर्जुन कुमार पोखरेल निर्वाचित हुनुभएको छ । जिल्ला सभापतिमा देउवा गुटबाट शिक्षक संघका पूर्व अध्यक्ष मोहन शर्मा र इतर गुटबाट वर्तमान जिल्ला उपसभापति अर्जुन कुमार पोखरेलले उम्मेद्धारी दिनुभएको थियो ।
जिल्ला सभापतीमा पोखरेलले ७५६ मत प्राप्त गरी १९५ मतान्तर सहित बिजयी हुनुभएको हो । भने उहँका प्रतिस्पर्धि मोहन शर्माले ५६१ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी जिल्ला उपसभापती पदमा अनिल कुमार गौडले ६९६ मत र बिक्रम प्रसाद यादवले ७०९ मत प्राप्त गरी बिजयी हुनुभएको छ ।
अन्य पदाधिकारीतर्फ सचिबमा उमेशचन्द्र यादवले ७२५ मत र कुलदिप प्रसाद आचार्यले ७११ मत प्राप्त गरी जित हासिल गरेका छन् । सहसचिव पदमा दिपक बराल क्षेत्रीले ७२१ र सन्तु गाहाले ७०९ मत प्राप्त गरि बिजयी भएका छन् । भने १७ मत बदर भएको निर्वाचन समितीले जानकारी दिएको छ ।
३६ सदस्यिय जिल्ला कार्यसमितीको निर्वाचनमा १३२९ जनाले मतदान गरेका थिए भने १७ मत बदर भएको निर्वाचन समितीले जानकारी दिएको छ । जिल्ला कार्यसमितीले २० प्रतिशत सदस्य मनोनित गर्ने प्रावधान रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)