बुटवल,मंसिर ११ ।
नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण निर्विरोध निर्वाचित भएका छन् । सभापतिमा खाँणको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत भेषराज घिमिरेले नागरिक अनलाइनलाइ जानकारी दिए ।
खाँण संस्थापन समूहका हुन् ।गृहमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणका सहोदर भाइ समेत रहेका खाँणले यसअघि जिल्ला सचिवको जिम्मेवारी सम्हालेका थिए ।
रुपन्देहीको नेतृत्व सर्वसम्मत गराउने विषयमा गृहमन्त्री खाँण आफै अगाडी सरेर सहमति जुटाएका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र प्रतिनिधिसभा सदस्य भरत शाह लगायतसँग छलफल गरेर निर्विरोध गराएका हुन् ।
उपसभापतिमा पौडेल पक्षका थानेश्वर घिमिरे र डा.अनिता ढुंगाना शाह निर्विरोध निर्वाचित भएका छन् । सचिवमा हरि प्रसाद काफ्ले र परमानन्द भट्टराई तथा सह–सचिवमा बासुदेव रिमाल र विष्णु थापा निर्विरोध निर्वाचित भएका छन् ।
को-को चुनिए हेराैँ ।



यी समाचार पनि हेराैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)