बुटवल,मंसिर ११ ।
नेपाली कांग्रेस पाल्पाको सभापतिमा युवा नेता हिमालदत्त श्रेष्ठ भारी मतका साथ बिजयी भएका छन् । उनी संस्थापन इतरका हुन् ।
बिद्यार्थी राजनीतिबाट मुल राजनीतिमा आएका श्रेष्ठले ८९० मत ल्याए भने अर्का उम्मेदबार कृष्ण प्रसाद बस्यालले ३८१ मत मात्र पाए ।
सभापतिमा बिजयी उनले नेपाली कांग्रेस पाल्पालाई थप उचाइमा लैजाने रआगामी स्थानिय,प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई सर्वश्रेष्ठ बनाउने नागरिक अनलाइनसंग बताए ।
श्रेष्ठलाई पाटी सभापति बीर बहादुर रानाको समर्थन रहेको रहेको थियो । अन्य पदाधिकारी पनि पौडेल पक्षबाटै निर्वाचित भए ।
उपसभापतिमा ज्ञान बहादुर गाहाले ७ सय ७३ र झपेन्द्र प्रसाद गहिरेले ७ सय ५४ मत ल्याएर निर्वाचित भए । सचिवमा सन्तोष कुमार थापाले ८ सय ७ र सुनिता अधिकारीले ७ सय ८५ मत पाए । सहसचिवमा विष्णु कुमाल थापाले ७ सय ४३ र हमिद मियांले ६ सय ४१ मत पाएका छन् । त्यस्तै पाल्पा दाेभान तिनाउबाट युवा नेता बिष्णु पाण्डेय निर्बिराेध निर्वाचित भएका छन् ।
बस्याललाई कांग्रेसका पूराना नेता यमलाल तिमिल्सेना, पूर्व जिल्ला सभापति राजन प्रसाद पन्त र केन्द्रीय सदस्य हरिप्रसाद नेपालको समर्थन थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)