Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एमालेमा विधान महाधिवेशनमार्फत खारेज गरिएको पोलिटब्युरो फर्काइयो,पदाधिकारी संख्या थप

एमालेमा विधान महाधिवेशनमार्फत खारेज गरिएको पोलिटब्युरो फर्काइयो,पदाधिकारी संख्या थप

  • 1.6K
    SHARES

  • एमालेमा विधान महाधिवेशनमार्फत खारेज गरिएको पोलिटब्युरो फर्काइयो,पदाधिकारी संख्या थप

    बुटवल,मंसिर ११ ।

    नेकपा एमालेले पदाधिकारी संख्या थप गरेको छ । सर्वसम्मत नेतृत्व चयनको प्रयासमा विधान महाधिवेशनमार्फत खारेज गरिएको पोलिटब्युरो फर्काइएको छ भने केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाइएको छ ।

    असोज तेस्रो साता भएको विधान महाधिवेशनले पारित गरेको विधानमा अध्यक्षसहित १५ पदाधिकारी रहने व्यवस्था थियो । १५ सदस्यीय पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात सचिव थिए । पोलिटव्यूरो खारेज गरेर ४५ सदस्यीय स्थायी कमिटी र २२५ सदस्यीय केन्द्रीय कमिटी बनाइएको थियो ।

    तर दुई महिनामै फेरि विधान संशोधन गर्नुप¥यो । अध्यक्षसहितत पदाधिकारी सहमतिबाटै चयन गर्न प्रयास भएपनि आकांक्षीहरु धेरै भए । पदाधिकारीका लागि आफू निकट नेताहरु नै दुई समूहमा बाँडिएपछि अध्यक्ष ओली विधान संशोधन गर्नुपर्ने दबावमा परे ।नारायणी नदी किनारमा दशौं महाधिवेशनको उद्घाटन समारोह सकिएपछि सौराहमा बसेको वर्तमान केन्द्रीय सदस्यहरुको बैठकमा ओलीले विधान संशोधनको नयाँ प्रस्ताव ल्याए ।

    उनले दुई उपाध्यक्ष र दुई उपमहासचिव थपेर पदाधिकारी संख्या १९ पु¥याउने प्रस्ताव राखे । ४५ सदस्यीय स्थायी कमिटी कायमै राख्ने, ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने र २२५ सदस्यीय केन्द्रीय कमिटीलाई ३०१ बनाउने प्रस्ताव पनि बैठकले अनुमोदन गरेको छ ।अब एमालेमा १९ पदाधिकारी रहनेछ । जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव र ७ सचिव छन् । ४५ सदस्यीय स्थायी कमिटी, ९९ सदस्यीय पोलिटब्यूरो र ३०१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ ।

    एक नेताका अनुसार एउटै पदमा दुई पटकभन्दा बढी उम्मेदवारी दिन नपाउने विधानको व्यवस्था समेत हटाइएको छ । यसले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावललाई उपाध्यक्षमै चित्त बुझाउन दबाव बढ्ने छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology