बुटवल,मंसिर १० ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रका लागि विगतमा संघर्ष गर्दा जेलमा बसेका क्षणहरु स्मरण गरेका छन्। प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जेलजीवन बिताएको क्षण स्मरण गरेका हुन्।
नेकपा एमालेको १० औ महाधिवेशनमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले भने, ओली जी र म जेलमा पनि संगै बसेका हौं, हामी जेल मेट हौं।
हिजोका दिनमा भोगेका दुःखहरुलाई बुझेर जनतालाई दुःख नदिन देउवाले ओलीलाई आग्रह गरे। यस्तै, प्रधानमन्त्री देउवाले लोकतान्त्रिक संसदीय शासनको पद्धतिमा रहेर यो महाधिवेशन आयोजना गरेकामा एमालेलाई धन्यवाद पनि दिएका छन्।
हामी बीच निरन्तर सम्वाद गर्न आवश्यक छ, उनले भने, हामी दलहरुबीच सद्भाव र छलफलबाट हरेक समाधान निकाल्न तयार छौं। सोही क्रममा एमालेको महाधिवेशनलाई पूर्ण सफलताको कामना गर्दै छलफल र सद्भावबाट निकास दिन आग्रह गरे।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)