Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी बौद्ध विश्वविद्यालय १७ बर्षमा : त्रियान प्रज्ञा सम्मेलनसहित राष्ट्रपतिबाट पुस्तकालय भवन उद्घाटन हुँदै

लुम्बिनी बौद्ध विश्वविद्यालय १७ बर्षमा : त्रियान प्रज्ञा सम्मेलनसहित राष्ट्रपतिबाट पुस्तकालय भवन उद्घाटन हुँदै

  • 2.9K
    SHARES

  • लुम्बिनी बौद्ध विश्वविद्यालय १७ बर्षमा : त्रियान प्रज्ञा सम्मेलनसहित राष्ट्रपतिबाट पुस्तकालय भवन उद्घाटन हुँदै

    बुटवल,मंसिर १० ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयले १७ औं स्थापना दिवसको अवसरमा प्रथम त्रियान प्रज्ञा सम्मेलन गर्ने भएको छ । बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षा शिक्षण पद्धतिमा केन्द्रीत रहेर त्रियान सम्मेलन गर्न लागेको हो ।

    ०६१ सालमा स्थापना भएको विश्वविद्यालयले मंसिर १३ गतेदेखि १७ औं विश्वविद्यालय दिवस मनाउदैछ । दिवसको मुख्य कार्यक्रममा प्रमुख अथितिका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागि हुने विश्वविद्यालयले जनाएको छ ।

    शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै विश्वविद्यालयले त्रियान प्रज्ञा सम्मेलनसहितका कार्यक्रमहरुको विषयमा जानकारी गराएको हो । विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले नेपालमा अभ्यास भइरहेका बौद्ध दर्शनका तीन बाटोहरुको संस्कृतिलाई समृद्धिसंग कसरी जोडेर लैजान सकिन्न भन्ने विषयमा सम्मेलन गर्न लागिएको जानकारी दिए । ‘थेरवाद र महायान बौद्ध दर्शनका दुई पाटा हुन, नेपालमा महायानभित्र पनि बज्रयानको संस्कृति छ, त्यी सबैलाई समृद्धिसंग जोड्न कसरी सकिन्छ भन्ने कुरा विज्ञहरुमार्फत सम्मेलनमा मन्थन हुनेछन, उनले भने ।

    त्रियान प्रज्ञा सम्मेलनमा थेरवाद, महायान र बज्रयानको संस्कृति र सृमद्धि विषयमा ६ जना विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने पत्रकार सम्मेलनमा जानकारी दिएको छ । मंसिर १५ गते विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सम्मेलन हुनेछ । सम्मेलको दोस्रो खण्डमा बौद्ध शिक्षा र शिक्षण पद्धतिको विषयमा तीन जना विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने रजिष्ट्रार आचार्यले जानकारी दिए । सम्मेलनको घोषणापत्र मंसिर १६ मा जारी हुने उनले जानकारी दिए ।

    स्थापना दिवसको मुख्य कार्यक्रम मंसिर १६ गते हुनेछ । सो कार्यक्रममा राष्ट्रपतिको प्रमुख आतिथ्यता रहने रजिष्ट्रार आचार्यले जानकारी दिए । राष्ट्रपतिले केन्द्रीय पुस्तकालयको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ९ करोड २० लाखको लागतमा विश्वविद्यालयले केन्द्रीय पुस्तकालय निर्माण गरेको छ ।

    विश्वविद्यालयका सूचना अधिकृत चुरामणि पोखरेलका अनुसार तीन तले पुस्तकालय भवनमा  बैठक कक्ष, इ लाइब्रेरी, पुस्तक कक्ष, आइटी रुम, भिडियो कन्फ्रेन्स रुम र ५०० क्षमताको सभाहल रहेका छन् । राष्ट्रपतिले विश्वविद्यालयले प्रकाशन गरेका ६ वटा पुस्तक लोकार्पाण गर्ने कार्यक्रम रहेको छ । त्यस्तै बुद्ध मूर्तिको अनावरण र सम्मान कार्यक्रम समेत राखिएको छ ।

    विश्विद्यालय दिवसको अवसरमा मंसिर १३ गते बुटवलको नयाँगाउँस्थित सिटी कलेजमा रक्तदान कार्यक्रम राखेको छ । त्यस्तै मंसिर १४ गते ८ बजे लुम्बिनीमा मुटृुरोग स्वास्थ्य शिबिर आयोजना गरेको छ । गंगालाल हृदयरोग केन्द्र र हर्ट टु हर्ट नेपालको सहकार्यमा हुने स्वास्थ्य शिबिरमा मुटुरोगसहित पेट, छात्ति तथा हार्डजोर्नीका १५ जना चिकित्सकहरु सहभागि हुनेछन् ।

    मंसिर १४ नै  शान्ति, समझदारी तथा दीगो विकासका लागि पत्रकारिता कार्यशाला गोष्ठी हुने रजिष्ट्रार आचार्यले जानकारी दिए । सो गोष्ठीमा लुम्बिनी प्रदेशका २५ जना पत्रकारहरुको सहभागिता हुनेछन् ।

    मंसिर १४ गते नै  बुद्धमूृर्ति प्राण प्रतिष्ठा तथा स्तुपा पुजन कार्यक्रम रहेको छ । भिक्षु, भिक्षुणी, लामाहरुको सहभागितामा सांस्कृतिक कार्यक्रम हुन लागेको हो । सोही दिन साझ दीप प्रज्वलन कार्यक्रम राखिएको छ । मंसिर १५ गते त्रियान प्रज्ञा सम्मेलन हुनेछ । सो सम्मेलनमा देशभरका बौद्ध विद्धानहरु सहभागि हुने विश्वविद्यालयले जनाएको छ । मंसिर १६ गते शान्ति र शिक्षाका लागि साइकल यात्रा आयोजना हुने छ । बुटवलको सिटी कलेजबाट भैरहवा हुदै ७० जना साइकलयात्री लुम्बिनी पुग्ने जनाइएको छ । 
    मंसिर १६ गते राष्ट्रपतिसहभागि हुने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ । ०६१ सालमा स्थापना भएको विश्वविद्यालयले ८ वर्षअघि लुम्बिनीमा पठनपाठन शुरु गरेको थियो ।

    बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिक शास्त्र र विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकाय अन्र्तगत विभिन्न विषय सञ्चालन गरिरहेको छ । लुम्बिनी, बुटवल र देवदहमा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेका छन् । यो अवधिमा विश्वविद्यालयले शैक्षिक तथा प्रशासनिक भवन, केन्द्रीय कार्यालय भवन, केन्द्रीय पुस्तकालय भवन, केन्द्रीय क्याम्पस भवन, छात्रा वास (छात्रछात्रा), शिक्षक आवास गृह, पदाधिकारी आवस गृह, बुटवल सिटी कलेज, अनुसन्धान केन्द्र (निर्माणाधिन) निर्माण गरेको छ ।

    सो अवसरमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै रजिष्ट्रार आचार्यले विश्वविद्यालयले सम्बन्धन दिने काम रोकेर सहकार्यमा शैक्षिक कार्यक्रम चलाउन सक्ने रणनीति लिएको जानकारी दिए । प्रदेश र स्थानीय सरकारसंग सहकार्यमा शैक्षिक कार्यक्रम सञ्चालन हुने उनले बताए ।

    सो अवसरमा बोल्दै पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डेले बौद्ध विश्वविद्याले यो अवधिमा देखिनेगरी शैक्षिक क्षेत्रमा शसक्त भन्दै खुसी व्यक्त गरे । लुम्बिनी र बौद्ध शिक्षाको प्रवद्र्धनमा विश्वविद्यालयको भूमिका महत्वपूर्ण रहने उनको भनाई थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology