Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलाेत्तमाका मेयर बासुदेव घिमिरेद्वारा एमाले केन्द्रिय सदस्यमा उम्मेदवारी घाेषणा

तिलाेत्तमाका मेयर बासुदेव घिमिरेद्वारा एमाले केन्द्रिय सदस्यमा उम्मेदवारी घाेषणा

  • 4.8K
    SHARES

  • तिलाेत्तमाका मेयर बासुदेव घिमिरेद्वारा एमाले केन्द्रिय सदस्यमा उम्मेदवारी घाेषणा

    बुटवल,मंसिर ९ ।

    एमालेका नेता बासुदेव घिमिरेले केन्द्रिय सदस्य पदमा उम्मेदवारी घाेषणा गरेका छन्। चितवनमा भाेलि (मंसिर १० ) देखिशुरू हुने दशाैँ राष्ट्रिय महाधिवेशनमा आफुले खुल्ला तर्फबाट केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिने बताए । 

    समृद्ध नेपालको सपना साकार पार्न पार्टी बलियो र एकताबद्ध बनाउन खुल्ला केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिने उनले नागरिक अनलाइलाइ बताए ।

    रूपन्देहीको तिलोत्तमाका नगर प्रमुख समेत रहेका घिमिरेले भने-‘ मैले स्थानीयसरकार प्रमुखको रुपमा तिलोत्तमा नगरलाई नमुना नगरको रुपमा अगाडी बढाएँ,अव पार्टीको जिम्मेवारीमा रहेर काम गर्न चाहन्छु ।’

    २०४८ सालमा पार्टी सदस्यता लिएका घिमिरे केन्द्रिय सदस्य रही कार्यसम्पादन गरि सकेका छन् भने नेकपा एमाले रुपन्देहीको  जिल्ला कमिटीमा २ कार्यकाल सदस्य रहेर काम गरिसकेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology