बुटवल,मंसिर ८ ।
नेपाली कांग्रेस सिद्धार्थनगर समितिले सरसफाइ गरेको छ ।
काङ्ग्रेस १४ औं महाधिबेसन अन्तर्गत प्रदेस र क्षेत्रीय अधिबेसनको क्रममा जिल्ला पार्टि कार्यालय भैरहवामा भएको फोहोरमैला बुधबार बिहान नगर समितिको अगुवाइमा सरसफाइ गरिएको नगर सभापती कोशिश खड्काले नागरिक अनलाइनलाइ जानकारी दिए ।
पार्टीको अधिबेसनको क्रममा पर्चा, पम्प्लेट, पानीका बोतल लगायत खाद्यसामाग्रीका प्याकेजहरु सरसफाइ गरिएको हो ।
आफूले गरेको फोहोरले अरुलाइ समस्या नहोस र फोहोर गरिसकेपछी आफैले सरसफाइ गर्नुपर्छ भन्ने मान्यताका साथ नगर समितिले सरसफाइ गरेको नगर समितिले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)