बुटवल,मंसिर ८ ।
नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन्। मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच उनले उम्मेदवारी घोषणा गरेका हुन्।
शिवाकोटीले मिडिया उद्यमीको रूपमा आफू दलीय राजनीतिमा प्रवेश गरेको बताए। ‘अब मिडिया उद्यमीका रूपमा रहन्छु। प्रेस युनियनमा फर्केर आउँदिन’ उनले भने।
प्रेस युनियनमा रहँदा पनि आफूले पार्टीको काम गरिरहेको उनको भनाइ थियो। ‘अब प्रत्यक्षरूपमा राजनीति गर्ने सोच बनाएको छु। केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनेछु। मैले सम्पादकीय नेतृत्व महाधिवेशन प्रतिनिधि हुँदादेखि नै छोडिसकेको छु’ उनले स्पष्टीकरण दिए।
आफूलाई दोलखा कांग्रेसका सबै समूहको समर्थन रहेको पनि दाबी समेत गरे।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)