बुटवल,मंसिर ८ ।
नेपाली कांग्रेसका नेता गोकर्ण पौडेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा घटण मत सहित निर्वाचित भएका हुन् ।
पौडेल नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव थिए । उनी २०५० सालदेखि कोइरालाले अन्तिम स्वास लिने बेलासम्म कोइरालाकै स्वकीय सचिव भएर कुशलतापूर्वक काम गरेका थिए ।

गोकर्ण पौडेल यसाे भन्छन्,उनकै शब्दमा :-
म राजनैतिक रुपमा सार्वभौम हुन चाहान्छु। सामाजिक रुपान्तरणको पक्षमा उभिन चाहान्छु। दुइ छिमेकीमित्र राष्ट्र भारत र चिनसँग २१औ सताब्दीको विकास यात्रामा सहभागी हुन चाहान्छु। नेपाली कांग्रेसको चौधौं महाधिवेशनको यस घडिमा नेपाली कांग्रेसको भोलिको मार्गचित्र स्पस्ट हुन जरुरी छ। हाम्रो पुस्ताले धेरै कालदेखि राजनैतिक अस्थिरताका विरूद्ध लडाइ लड्दै आयो तर स्थिरता टाडै रह्यो। हामि कहाँ चुक्यौ यो अधिवेशनले नयाँ बाटो पहिल्याउन जरुरी छ। यस अधिवेशनका क्रममा रुपन्देही क्षेत्र नं २ का हरेक वडाबाट वडा सभापती र क्षेत्रिय प्रतिनिधिका रूपमा नेतृत्वको जिम्मेवारी लिएर आउनु भएका सवै प्रतिनिधि हरुलाई वधाई दिदै भविष्यमा नेतृत्वको अवसरका निम्ति शुभकामना व्यक्त गर्दछु। यस अधिवेशनमा नेपाली कांग्रेसको कुसल व्यवस्थापन र भोलिको युवापङ्तिको ऊज्वल भबिष्यको सुरक्षाका निम्ति युवाहरु कै सहभागिता अपरिहार्य भएको छ। मैले पनि ति समस्त युवा नौजवान सँग हातेमालो गर्दै अगाडि वड्ने सोच बनाएको छु। नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी लाइ विचारगर्दै आजको नेतृत्वको मुल्यांकन हुनेगरी भोलिको कार्यदिशाले मात्र हामिलाई सहि दिशानिर्देश गर्न सक्छ। त्यसैका निम्ति हिजोको इतिहासको पुस्ता र आजको युवा नौजवान सँग महाधिवेशन प्रतिनिधि र महासमितिका निम्ति सँगै उभिएको छु। सवै प्रतिनिधि हरुको भोट मैंले चाहे सम्म दुरूपयोग हुन दिने छैन नेपाली कांग्रेसको भविष्य र लोकतन्त्रको पक्षमा सदुपयोग गर्ने वाँचा गर्दछु, जय नेपाल।
फाइल तस्बिर– दायाँ स्वर्गीय गिरिजाप्रसाद कोइराला, बायाँ गोकर्ण पौडेल ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)