बुटवल,मंसिर ७ ।
रुपन्देही क्षेत्र न.२ मा मतगणना शुरु भएको छ । हिजो मतदान सकिएपनि मतगणना भने राति भएकाले आजलाई सारिएको थियो ।
क्षेत्र न.२ मा वर्तमान क्षेत्रीय सभापति हरि लम्साल र काजीमान श्रेष्ठ प्यानलसहित चुनावी मैदानमा छन्। यहाँ ६८० मतदाता मध्ये ६६९ मत खसेको निर्वाचन अधिकृत टीका पौडेलले नागरिक अनलाइनलाइ बताए ।
अबको तीन-चार घण्टामा मतपरिणाम आइपुग्ने उनले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)