बुटवल,मंसिर ७ ।
नेपाली काँग्रेस पाल्पाको क्षेत्र न २ को सभापतिमा मुक्तिराम जिसी विजयी भएका छन् । उनी रामचन्द्र पौडेल समुहका उम्मेद्वार हुन् ।
जिसीले ४६० मत प्राप्त गरे भने यादवसिंह कार्कीले २१४ मत पाए । क्षेत्रीय सचिवमा भने कृष्णबहादुर आले र टंकनाथ न्यौपाने तथा सहसचिव पदमा झपेन्द्र पचभैया र मानसिंह कुवँर सहित सदस्यमा सबै निर्बिरोध भएको थियो ।
१४ औं महाधिवेशन अन्तरगत भएको चुनावमा क्षेत्र नं २ मा महाधिवेशन प्रतिनीधिमा पनि रामचन्द्र पौडेल समुहका उम्मेदवारले जीत हात पारेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)