बुटवल,मंसिर ६ ।
रुपन्देही क्षेत्र न -२ मा वर्तमान क्षेत्रीय सभापति हरि लम्साल र काजीमान श्रेष्ठ प्यानलसहित चुनावी मैदानमा छन्।
यहाँ ६८० मतदाता मध्ये ६६९ मत खसेको निर्वाचन अधिकृत टीका पाैडेलले नागरिक अनलाइनलाइ बताए । क्षेत्र न -२ मा काजीमान श्रेष्ठ टीमले मतगणना भाेलिका लागि सार्न माग गरेपछि सहमतिमै सारिएको हाे ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा हिरा केसी र विश्वनाथ यादव सभापति पदका लागि आ–आफ्नो प्यानल खडा गरी चुनावमा होमिएका छन्। देवदहमा अहिले पनि मतगणना जारी छ। 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)