Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गृहमन्त्री खाँणको बचन : ‘स्थानीयका माग सम्बोधन गरेर मात्रै माेतीपुर औद्योगिक क्षेत्रको काम अघि बढाइनेछ’

गृहमन्त्री खाँणको बचन : ‘स्थानीयका माग सम्बोधन गरेर मात्रै माेतीपुर औद्योगिक क्षेत्रको काम अघि बढाइनेछ’

  • 2.1K
    SHARES

  • गृहमन्त्री खाँणको बचन : ‘स्थानीयका माग सम्बोधन गरेर मात्रै माेतीपुर औद्योगिक क्षेत्रको काम अघि बढाइनेछ’

    बुटवल,मंसिर ५ ।

    गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा विवाद समाधान गरेर औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाउने प्रतिवद्धता जनाएका छन् ।

    काँग्रेसका केन्द्रीय सदस्य समेत रहका खाँणले पहिलेदेखि बसोबास गर्दै आएका स्थानीयको पक्षमा आफू रहेको बताउँदै उनीहरुका मागलाई सम्बोधन गरेर मात्रै औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाउने बताए ।

    बुटवल लायन्स आँखा अस्पतालको रजत महोत्सव अन्तरगत आईतबार आयोजित मुल समारोहलाई सम्बोधन गर्दै मन्त्री खाँणले स्थानीयलाई सम्बोधन गरेर क्षेत्रफल घटाएर भएपनि औद्योगिक क्षेत्र बनाउने बताए ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन गर्दै गृहमन्त्री खाँणले भने-‘जनतालाई विस्तापित नगर्नेगरी त्यहाँ औद्योगिक क्षेत्र बन्नेछ, त्यहाँ बसोबास गरिरहेका जनतालाई नहटाईकल औद्योगिक क्षेत्र स्थापनाको व्यबस्था मिलाउनुहोस् ।’
    उनले बुटवललाई प्रादेशिक राजधानी बनाउँछु भनेर जनतासंग भोट मागेकाहरुले एमालेहरुले नै राजधानी अन्यत्र सारेको टिप्पणी ग।

    एमाले नेता विष्णु पौडेलतर्फ लक्षित गर्दै उनले भने –‘यहाँ सबैले बुटवललाई राजधानी बनाउछु भनेर नै भोट मागेको हो, हामीले स्थापना पनि गर्यो तर उहाँहरुले अन्यत्रै लैजानु भयो ।’

    उहाँले यो सरकार बनेपछि प्रहरी संगठनमा धेरै सुधारका कामहरु भएको दावी गर्नुभयो । लायन्स आँखा अस्पतालले आँखा स्वास्थ्यमा महत्वपूर्ण योगदान गरेको भन्दै आवश्यक जग्गाको प्रवन्ध गरिदिने प्रतिवद्धता व्यक्त गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology