बुटवल,मंसिर ४ ।
सिटिजन लाइफ इन्स्योरेन्स र विवान फार्मेसी बुटवलको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शनिबार बुटवल–११ मजुवास्थित सूर्योदय आधारभूत विद्यालयमा भएको स्वास्थ्य शिविरमा करिब ५ सय जनाले निःशुल्क सेवा लिएको आयोजक विवान फार्मेसीका प्रबन्ध निर्देशक दीपक ढकालले जानकारी दिए ।
विभिन्न किसिमका बीमा व्यवसायसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यका साथ स्वास्थ्य शिविरको आयोजना गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बुटवल शाखा प्रमुख पूर्णचन्द्र सुवेदीले नागरिक अनलाइनलाई बताए।
मजुवामा गरिब तथा विपन्न वर्गको ठूलो संख्या र सहज स्वास्थ्य सेवाको अभाव भएको हुँदा सो क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको उनले बताए ।
उनले यस अगाडि वृहत रक्तदान कार्यक्रम गरेको बताउँदै केहि दिनपछि गरिब तथा विपन्न वर्गका लागि न्यानो कपडा वितरण कार्यक्रम पनि गर्ने जनाए । दिनभर चलेको शिविरमा यूरिन,सुगर,मृगौला लगायतका परीक्षणसँगै ५ जना डाक्टर र ४ जना विशेषज्ञसहित १८ जना स्वास्थ्यकर्मीबाट सेवा दिइएको हाे ।
साे शिविरमा डा. सन्दिप शाक्य , डा. नरेन्द यादब, डा. विशाल काफ्ले, डा. विनोद पौडेल, डा. मुकेश सापकोटा , डा. निशा खनाल , डा. एनके अर्याल , डा. रविन्द्र अग्रवाल,फार्मासिष्ट शुभेन्द्र प्रसाद यादव,इन्दिरा चाैधरी,संगिता गहतराज,ल्याब्राेटरी टीम मनिष महताे शिब थापा मनिषा कडेँल,अनिसा,सिर्जना लगायतको टिमले स्वास्थ्य सेवा दिएको थियो ।
साे कार्यक्रममा बुटवल उपमहानगरपालिकासंग सहकार्य गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)