बुटवल,मंसिर ४ ।
लायन्स क्लब अफ बुटवल संसारले मानव सेवा आश्रम बुटवलमा खाना खुवाएको छ । गत असारदेखि कार्तिकमहिनासम्म जन्मदिन परेकाहरूको ह्याप्पि बर्थ डे फन्डबाट ६४ जनालाई खाना खुवाइएको क्लवका अध्यक्ष बिकाश श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लवका एरिया चिफ जीवन गौतम,रिजन चियर पर्सन नारायण थापा,जोन चियर पर्सन बिनेश बज्राचार्य ,आईपिपि प्रकाश भट्टराई ,मानव सेवा आश्रमका अध्यक्ष लोकनाथ भुसाल,शेरबहादुर गौतम,कार्यक्रम संयोजक कृष्ण अर्याल,संचालक तथा क्लवका सचिब गोबिन्द पाण्डे लगाउतले बोलेका थिए । कार्यक्रममा बोल्ने बक्ताहरुले क्लवले सामाजिक क्षेत्रमा योगदान पुर्याउंदै आएको र निरन्तरता दिन आग्रह गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)